back
CTIZAN AD

प्रतिनिधिसभा बैठक : उपसभामुखको पत्रबारे छानबिन गर्न माग

वि.सं.२०८१ साउन ६ आइतवार

843 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरुले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा छानबिन गर्न माग गरेका छन् ।

केही युवालाई अमेरिका पठाउन उपसभामुख रानाले संसद्को लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र पठाएको र यसबारे संसद्लाई जानकारी नभएका विषयमा छानबिन गरिनुपर्ने माग सत्तापक्षले उठाएको छ । प्रतिपक्षमा रहेका दलहरुले भने उपसभामुख इन्दिरा रानासँग जोडेर आएको विषय संवैधानिक परिषद्मा सत्तापक्षले खोजेको सहजतासँग जोडेर आएको र सत्तापक्षले मिडिया ट्रायल गरेको आरोप लगाएको छ । साथै पर्याप्त छानविन र वास्तविकता पहिचान नगरिकनै मानव तस्करीजस्तो जघन्य अपराधमा उपसभामुख रानाको नाम मुछिएकोप्रति प्रतिपक्ष दलका सांसदहरुले आपत्ति जनाएका हुन् ।

आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद रामहरी खतिवडाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आफ्नो पदको दुरुपयोग गरेर केही युवालाई अमेरिका पठाउन खोजेको आरोप लगाए । यस्तो गम्भीर आरोपबारे छानबिन समिति गठन हुनुपर्ने तथा उपसभामुखले नैतिकताका आधारमा संसद बाहिर रहेर अनुसन्धानलाई सघाउनुपर्ने उनको भनाइ छ । “संसद् सचिवालयलाई थाहै नदिइ उपसभामुखको लेटरप्याडमा कसले कुन प्रयोजनका लागि सिफारिस गरेको हो भनेर छानबिन गरिनुपर्छ । यसका लागि उपसभामुख संसद्भन्दा बाहिर बसेर छानबिनका लागि सघाउनुपर्छ”, खतिवडाले भने, “यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड सम्हाल्न सुहाउँछ कि सुहाउँदैन ? यो गम्भीर प्रश्न हो ।”

सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको आवश्यकता र औचित्यमाथि प्रश्न गरे । विभिन्न सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त्यसले अप्ठ्यारो भएको उनको भनाइ छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकलाई बढी समस्या परेको उल्लेख गर्दै सांसद पन्तले यसमा सहजीकरण गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद माधव सापकोटाले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महशुल भुक्तानीसम्बन्धी विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको विषय उठाए । डेडिकेटेड र ट्रङ्कलाइनसम्बन्धी विवादलाई विद्यमान कानुनी व्यवस्था र विभिन्न समयमा गठित अध्ययन समितिले दिएका सुझावका आधारमा समाधान गरिनुपर्ने बताए । यो महशुल असुलीका लागि चलखेल नगरिकन स्वतन्त्र रुपमा सरकारका निकाय अघि बढ्नुपर्ने उनको भनाइ छ । नवगठित सरकारले आर्थिक अनुशासन पालनामा जोड दिनुपर्ने सांसद सापकोटाले बताए ।

उपसभामुख राना विवादमा मुछिएको विषय राजनीतिक नैतिक चरित्रसँग जोडिएको भए पनि संवैधानिक परिषद्मा अप्ठ्यारो पर्ने भएपछि सत्तापक्षले यो विषय उचालेको आरोप सांसद सापकोटाले लगाए ।

अर्का सांसद सुमना श्रेष्ठले उपसभामुख रानाको विषयमा मिडिया ट्रायल भएको बताइन् । संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेपछि उपसमामुख रानालाई मानव तस्करीजस्तो गम्भीर आरोप सत्तापक्षले लगाएको र रानाको चरित्र हत्या गर्ने नियतले सत्तापक्षले यो विषय उठाइरहेको उनको भनाइ छ । सबैका लागि विधि र पद्दति लागू हुनुपर्नेमा उनले जोड दिइन् ।

सांसद दामोदार पौडेल वैरागीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई पठाएको पत्र र उपसभामुखको विज्ञप्तिबाट मानव तस्करीको उद्देश्य देखिएको धारणा राखे । उपसभामुख सहभागी कार्यक्रममा सरोकार नै नभएका व्यक्तिहरुलाई अमेरिका पठाउन भिसा सहजीकरण गर्न पत्र पठाएको देखिएकाले यस विषयमा थप छानविन गरिनुपर्ने उनको भनाइ छ ।

सांसद चन्द्रबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, राहत तथा उद्धारका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । भूकम्पका कारण समस्यामा परेका जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका जनता अहिले बाढी र पहिरोका कारण थप समस्यामा परेको उनको भनाइ छ । उनले बाढीपहिरोका कारण समस्यामा परेकाहरुको उद्धार तथा सुरक्षित स्थानमा सारेर तत्काल राहत उपलब्ध गराउन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद गणेश पराजुलीले यो वर्षमात्रै वर्षायाम पछि विभिन्न प्राकृतिक विपद्मा परी एक सय २८ भन्दाबढीको ज्यान गइसकेको र सयौँ घाइते भएको विषय संसद्मा उठाए । उनले विपद्मा परेका व्यक्तिहरुको उपचार, राहत तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।

 

वि.सं.२०८१ साउन ६ आइतवार १५:१३ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...