back
CTIZAN AD

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकाे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

वि.सं.२०८१ साउन ६ आइतवार

825 

shares

ग्रयाण्ड र्‍यापिड्स, संयुक्त राज्य अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्‍यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताएका छन् ।

अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार गरिरहेका ट्रम्पले आफूमाथि भएको आक्रमणपछि पहिलो पटक चुनावी र्‍यालीलाई सम्बोधन गरेका हुन् । उनको साथमा रिपब्लिकन पार्टीका उपराष्ट्रपति पदका उम्मेदवार जेडी वायन पनि थिए ।

शुक्रबार उनले खचाखच भरिएको र्‍यालीस्थल ग्रान्ड ¥यापिड्समा डेमोक्र्र्याट्सले आफूलाई लोकतन्त्रका लागि खतरा भन्दै आएको बताएका थिए ।

उनले तालीको गडगडाहटबीच आफू ‘ह्वाइट हाउस फिर्ता लिन’ तयार रहेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गत साता भएको आक्रमणको अनुसन्धान भइरहेको छ । आक्रमणमा गोलीले ट्रम्पको कानमा लछारेको थियो ।

गत शनिबार ट्रम्प कानमा पट्टी बाँधेर रिपब्लिकन नेसनल कन्भेन्सनमा पुगेका थिए । तर मिशिगनको र्‍यालीमा उनले आफ्नो कानमा पट्टी बाधेका थिएनन् ।
एएफपी फाइल फाेटाे

वि.सं.२०८१ साउन ६ आइतवार १६:०५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...