back
CTIZAN AD

लुम्बिनीमा चेतनारायण मुख्यमन्त्री बन्दै, लीला गिरी फायर

वि.सं.२०८१ साउन ७ सोमवार

1.1K 

shares

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुने भएका छन् । सोमबार बिहान एमाले केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

विशेष स्रोतका अनुसार आचार्यलाई मुख्यमन्त्री बनाउन बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका थिए । यसअघि काँग्रेस–एमालेबिच दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए । आचार्य एमाले लुम्बिनी संसदीय दलका उपनेता हुन् ।

यता पार्टी अध्यक्ष केपी शर्मा ओलीले आचार्यलाई मुख्यमन्त्री बनाउन ठाडो निर्देशन दिएपछि संसदीय दलका नेता लीला गिरी फायर भएका छन् ।

गिरीले नेकपा एमाले संसदीय मूल्य र मान्यता विपरीत गएको समेत आरोप लगाएका छन् । अध्यक्ष ओलीको निर्देशनले इमानदार कार्यकर्तामा अन्यायमा परेको समेत बताए ।

वि.सं.२०८१ साउन ७ सोमवार १४:०२ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...