back
CTIZAN AD

नागरिकको जीवनस्तर उकास्न परम्परागत बाली विस्तार गर्दै नगरपालिका

वि.सं.२०८१ साउन ९ बुधवार

990 

shares

चितवन । चेपाङ समुदायको बसोबास रहेको कालिका नगरपालिकाका तीनवटा वडामा परम्परागत बाली विस्तार गरिने भएको छ ।

चेपाङको जीवनस्तर उकास्न नगरपालिकाले हेफर इन्टरनेशनल महिला समन्वय समितिसँगको सहकार्यमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम विस्तार गर्न लागेको हो ।

नगरप्रमुख विनोद रेग्मीका अनुसार कालिका नगरपालिका–९, १० र ११ मासैपाङ, कोलार, राजवाङ, कल्याणचौर, मजबाङ, रन्तेस, छेरवाङ, क्राइलिङलगायत गाउँमा कागती, निबुवा, हलेदो, अदुवा, पिडालु खेती गरिने छ । साथै कागनो, सामा, कोदो, फापर, मास, गहत, मस्याङ पनि लगाइने छ । कार्यक्रमका निम्ति चालु आर्थिक वर्षमा रु ३० लाख बराबरको सहयोग परिचालन गरिने छ । कार्यक्रममा समिति र पालिकाको समान रकम लगानी हुनेछ ।

स्थानीय समुदायलाई परम्परागत बालीका बारेमा बुझाउने, बीउ उपलब्ध गराउने, प्रविधि सिकाउने र बजारीकरण गर्न सहयोग गर्ने नगरप्रमुख रेग्मीले बताए । उनले भने, “हामी परम्परागत बाली लगाएर बजारीकरणमा सहयोग गर्छाैँ ।”

प्रभावकारिताका आधारमा रकम थप गरिने उनले बताए । दुई सयभन्दा बढी परिवार यो कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
रासस /फाइल फोटो

वि.सं.२०८१ साउन ९ बुधवार ११:३१ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...