back
CTIZAN AD

ब्रिटिस कलेजका विद्यार्थी संसारकै उत्कृष्ट

वि.सं.२०८१ साउन १२ शनिवार

1.4K 

shares

काठमाडौँ । द ब्रिटिस कलेजको एसिसिए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री संसारकै उत्कृष्ट विद्यार्थीमा पर्न सफल भएकी छिन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत रहेको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरकाे  नतिजा हात पारेकी हुन् ।

गत जुनमा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा उनले ९४ प्रतिशत अंकसहित विश्वका शिर्ष तीनमा पर्न सफल भएकी हुन् । ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरुले निरन्तर विश्वस्तरिय नतिजाहरु ल्याइरहेकाे कलेजले जनाएको छ ।

यसअघि पनि सन् २०२३ को जुन महिनामा सम्पन्न साेहि विषयको परिक्षामा दिपांशु थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हाँसिल गरेका थिए । सोहि वर्ष ९७ प्रतिशत अंक ल्याएर हर्षवर्धन शाह तेस्रो भएका थिए ।

अर्को तर्फ रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’मा ९१ प्रतिशत अंक ल्याएर दोस्रो स्थान हाँसिल गरेका थिए । त्यस्तै रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेको कलेजले जनाएके छ ।

संसारकै टप विद्यार्थीहरुमा दर्ज भएपछि खुसी व्यक्त गर्दै खत्रीले शिक्षकहरु तथा कलेज परिवारलाई धन्यवाद दिइन् । आफ्नो उपलब्धिबारे प्रतिक्रिया दिँदै खत्रीले भनिन्, ‘पछिल्ला दिनहरुमा विश्व बजारमा फिट हुनको लागि लचिलो विषयमा योग्यता चाहिन्छ । त्यसमध्ये एसिसिए एक शैक्षिक कार्यक्रम हो ।‘

हाल ब्रिटिस कलेजले प्रदान गरिरहेका शैक्षिक कार्यक्रमहरु उत्कृष्ट भएको उनको भनाइ छ ।

त्यस्तै एसिसिए शैक्षिक कार्यक्रमको सिनियर प्रोग्राम म्यानेज दीपेन्द्र के. श्रेष्ठले भने, ‘ब्रिटिस कलेजले प्रदान गरिरहेको एसिसिएलगायतका कार्यक्रमको चर्चा नेपालमा राम्रो छ ।’

लामो समयको अनुभवको कारण कलेजले विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्न सकेको पनि श्रेष्ठको भनाई छ ।

ब्रिटिस कलेजले सञ्चलन गरिरहेको एसिसिए कार्यक्रम संसारकै सबैभन्दा ठूलो र तिव्ररुपमा अगाडी बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय सम्बन्धि कार्यक्रम हो । विश्वका १७९ देशमा फैलिएको सो कार्यक्रममा ५ लाख ३५ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यति धेरै विद्यार्थी अध्ययनरत शैक्षिक कार्यक्रममा नेपाली विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु निकै ठूलो उपलब्धि भएको कलेको भनाइ छ ।
उत्कृष्ट नतिजा ल्याएकोमा कलेजलाई भर्खरै एसिसिएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ । प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा ठूलो मध्येको एउटा अवार्ड हो ।

वि.सं.२०८१ साउन १२ शनिवार १४:५५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...