back
CTIZAN AD

साउन ३० गतेदेखि एकीकृत कारोबार गर्दै आइएमई र जीएमई रेमिट

वि.सं.२०८१ साउन १३ आइतवार

1.2K 

shares

काठमाडौं । आइएमई लिमिटेड र जीएमई रेमिट प्रालिले यहि साउन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । जीएमईलाई प्राप्ती पश्चात आइएमई लिमिटेडले साउन ३० गतेबाट एकीकृत कारोबार शुभारम्भ गर्न लागेको हो ।

आइएमई लिमिटेडको जेठ ९ गते सम्पन्न विशेष साधारण सभाबाट जीएमई रेमिट प्रालिलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने जीएमई रेमिट प्रालिको जेठ ९ गते सम्पन्न विशेष साधारण सभाले आइएमई लिमिटेडमा गाभिने विशेष प्रस्ताव पारित भएको थियो ।

त्यसैगरी कम्पनी रजिष्ट्रारको कार्यालयले साउन ४ गते आइएमई लिमिटेडमा जीएमई रेमिट प्रालि गाभ्नेरगाभिने तथा प्राप्ती (एक्विजिसन)गर्ने अन्तिम स्वीकृति दिएको थियो ।

उक्त कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ ।

वि.सं.२०८१ साउन १३ आइतवार १२:२० मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...