back
CTIZAN AD

महाकालीमा हाम फालेर एक किशोरी बेपत्ता

वि.सं.२०८१ साउन १३ आइतवार

1.3K 

shares

कैलाली । महाकाली नदीमा हाम फलेर एक किशोरी बेपत्ता भएकी छन् । शनिबार साँझ दुहु गाउँपालिका–४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवर महाकाली नगरपालिका–४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार उनी हाम फाल्न भनेर नदीको डिलमा पुगेकी थिइन् । स्थानीयको खबर गरेलगत्तै प्रहरी टोली खटिएको थियो । प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गरेका थिए । तर, नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए । त्यही बेला कुँवरले नदीमा हाम फालेकी थिइन् ।

लगत्तै खोजीकार्य सुरु गरे पनि उनी फेला नपरेकी प्रहरीले जनाएको छ । उनको घरका परिवारका सदस्यहरुसँग बुझ्दा पनि उनी हाम फाल्नुको कारण नखुलेको दार्चुला प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।

वि.सं.२०८१ साउन १३ आइतवार १२:२७ मा प्रकाशित

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...