back
CTIZAN AD

प्रथम गल्याङ प्रिमियर लिग हुँदै

वि.सं.२०८१ साउन १५ मंगलवार

1.3K 

shares

स्याङ्जा । स्याङ्जाको गल्याङमा प्रथम गल्याङ प्रिमियर लिग (जिपिएल) हुने भएको छ । गल्याङ क्रिकेट सङ्घले गल्याङ बजारमा पत्रकार सम्मेलन गरी प्रिमियर लिग हुने जानकारी गरेको हो ।

संस्थाका उपाध्यक्ष एवं खेल संयोजक खगेन्द्र भण्डारीले टी २० फम्र्याटमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले यो प्रतियोगिताले जिल्लाको क्रिकेट इतिहास रच्ने दाबी गरे ।

प्रतियोगितामा गल्याङ नगरपालिका अन्तरगतका आठ समूहको सहभागिता रहनेछ ।  गल्याङ प्रिमियर लिग भदौ १ गतेबाट सुरु हुनेछ ।

बर्खाको समयमा खेल प्रभावित नहोस् भन्नका लागी तीन ठाउँमा खेल मैदान छनोट गरिएको संस्थाका सचिव अमृत खनालले बताए । उनका अनुसार मालुङ्गा खेल मैदान, दिमिक क्रिकेट मैदान र असेर्दीमा खेल हुने छ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

वि.सं.२०८१ साउन १५ मंगलवार ११:०१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...