back
CTIZAN AD

२१ वर्षपछि थिमि ताहनानीमा भैरब नाच चार रात प्रदर्शन गरिने

वि.सं.२०८१ साउन १५ मंगलवार

1.2K 

shares

भक्तपुर । मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नं ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ ।

गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवम् धार्मिक महत्वको भैल प्याखँ २१ वर्षपछि ताहाननीबाट प्रदर्शन हुन लागेको हो ।

गुरु पूर्णिमादेखि प्याँख अर्थात नाचको प्रशिक्षण सुरु गरिएको छ । थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरब) एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कूल पाँच जना देवीदेवता रहन्छ ।

अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी (कुमारी), साहिल प्रजापतिले लिपा दाँगी (महालक्ष्मी) र ज्यापुंगचा (हरिसिद्धि) मा कृशल प्रजापतिले भूमिका निर्वाह गर्ने थिमि भैलः प्याखँ व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले जानकारी दिए ।

थिमिका जीवित साँस्कृतिक धरोहर साँस्कृतिक र परम्परागत प्याखँ एवम् वाद्यबादन गुरु श्रीगोपाल प्रजापतिको नेतृत्वमा गुरुहरु कृष्णबहादुर प्रजापति, बालकृष्ण प्रजापति, चन्द्रभक्त प्रजापति र प्रेमकृष्ण प्रजापतिले प्याखँको प्रशिक्षण गराईरहेका छन् ।

त्यसैगरी बाद्यबादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिब तीन दर्जनको सङ्ख्यामा रहेका छन । यसका साथै प्याखँका कलाकारका सहयोगी समेत करिब ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको व्यवस्थापन समितिका उपाध्यक्ष प्रजापतिले बताए ।

किंबदन्ती अनुसार परापूर्वकालमा थिमि क्षेत्रका जनतालाई भूतप्रेतले अत्याधिक दुःख दिइरहन्थे । रातको समयमा मात्र नभइ दिनको समयमा पनि दुःख दिन थालेपछि किसान खेतीपाती गर्न जान पनि डराउन थाले ।

त्यसपछि राजाले तान्त्रिक, विद्वान, नामुद शास्त्रज्ञहरुसँग छलफल गरी मानिसमा तान्त्रिक रुपमा भैरवनाथ जगाइ टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेत भाग्ने र कहिले नआउने सुझाव दिएपछि थिमिमा भैलः प्याँख अर्थात भैरब नाच सञ्चालनमा आएको बताइन्छ ।

वि.सं.२०८१ साउन १५ मंगलवार १४:२२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...