back
CTIZAN AD

अमेरिकामा सिसेक्पा तङनाम मनाईयो

वि.सं.२०८१ साउन १६ बुधवार

1.9K 

shares

अमेरिका । संयुक्त अमेरिकाको न्युयोर्क शहरस्थित क्वीन्स वृज पार्कमा कियाचु अमेरिकाको आयोजनामा सिसेक्पा तङनाम मनाइएको छ ।
जुलाई १४ का दिन औपचारिक एवं मनोरन्जनात्मक गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक सत्र कियाचु अमेरिकाका महासचिव धन योङहाङ र दोश्रो सत्र संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार श्री दिपेश चबेगु खम्बेकले संचालन गरेका थिए ।

कियाचु अमेरिकाका अध्यक्ष दिपक थेबेको अध्यक्षतामा संचालित कार्यक्रममा अमेरिकाको न्युजर्सी राज्यस्थित मोन्टेक्लेयर युनिभर्सिटिका प्राध्यापक यामबहादुर लिम्बुको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मन्याङबोको विशिष्ठ आतिथ्यता र फिप्ना अमेरिकाका अध्यक्ष तोरण गुरुङको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अमेरिकामै चलयमान रहेका विभिन्न जातीय संस्थाहरु; मगर समाज अमेरिकाका उपाध्यक्ष, म्याग्दी समाज अमेरिकाका अध्यक्ष रमेश तुलाचन, भूमे पर्वसमिति अमेरिकाका अध्यक्ष चक्र बुढामगर, घ्यालसुम्दो सेवा समाज अमेरिकाका अध्यक्ष चित्रकुमारी गुरुङ, यूनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाका अध्यक्ष ममता खालिङ राई, तमु समाज अमेरिकाका अध्यक्ष ओम गुरुङ, यूनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाका भुतपुर्व अध्यक्ष एवं वरिष्ठ समाजसेवी केशवराम राई, तामाङ सोसाइटी अफ अमेरिका अध्यक्ष बुद्धिमान तामाङ, तामाङ समाज क्प्या किदुक उत्तर अमेरिकाका अध्यक्ष श्री लाक्छुङ ढोक्प्या शेर्पा, ढोक्प्या किदुक अमेरिकाका अध्यक्ष गोवा शेर्पा, सुनुवार सोसाईटी अफ अमेरिकाका अध्यक्ष मोहन सुनुवार, संचारकर्मी विक्की पुलामी एवं सम्राट कार्की लगायतको आतिथ्यता रहेको थियो ।

याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आ–आफ्नो विशिष्ट कर्म, त्याग, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रिय विभुतिको रुपमा रहेका विभुतिहरुको तस्विरमा माल्यार्पण गरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानको प्रस्तुति पश्चात संस्थाका उपाध्यक्ष विवश माङ्मुले आमन्तृत सम्ूुर्ण अतिथि एवं महानुभवहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्कृति विभाग संयोजक कुवेर वनेम एवं किरात याक्थुङ चुम्लुङ नेपालका भुतपुर्व केन्द्रीय महासचिव तथा कियाचु अमेरिकाका पुर्व सल्लाहकार लिला सिंघकको अगुवाईमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) प्रस्तुत गरिएको थियो ।

कियाचु अमेरिकाको इतिहासमा भाषा लिपी संस्कार संस्कृतिको पुस्तान्तरण गर्दै लाने उदेश्यका साथ यसपटक पनि कियाचु बालबालिका विभागका सदस्यहरु सजना लिम्बु, रिना थाम्सुहाङ, मौसम इङ्नाम एवं अभिभावकहरुको सकृयतामा याक्थुङ लिम्बु जातिको मौलिक एवं परम्परागत भेषभुसाको सम्बन्धमा केही ज्ञान होस, संस्कार संस्कृति परम्परा प्रति चासो गर्न हौसला मिलोस, याक्थुङ संस्कार संस्कृति पुस्तान्तरण हुँदै जावस भन्ने उद्धेश्यले बालबालिकाहरुको सहभागितामा याक्थुङ लिम्बु विभुतिहरुको चित्रमा चित्रकला प्रतियोगिता सम्प्न्न भएको थियो ।

अमेरिकामा बसोबास गर्ने याक्थुङ सन्ततिहरुले बिभिन्न पेशाको आफ्नो कार्यक्षेत्रमा सशक्त कार्यकुशलता प्रदर्शन गरेर अब्बल साबित भई पदोन्नति हुन सफल र विभिन्न विद्यालय क्याम्पस र विश्व विद्यालयबाट विभिन्न तहमा शैक्षिक योग्यता हांसिल गर्न सफल होनहार याक्थुङ सन्ततिहरु मिक्साम कुरुम्बाङ (पुलिस अफिसर) सन्जिव ईजम लेनिन (पुलिस अफिसर) नामहाङ चेम्जोङ (विद्यार्थी) प्रणवी लिम्बु थेबे (विद्यार्थी) लासाङ चोङ्बाङ्क्याक (विद्यार्थी) जोसन लाबुङ (विद्यार्थी) साजन लाबुङ (विद्यार्थी) लाई अझ उज्वल भविष्य र थप शैक्षिक प्रगतिको शुभकाना स्वरुप कार्क्रमका प्रमुख अतिथि प्रा. डा. यामबहादुर लिम्बु र संस्थाका अध्यक्ष दिपक थेवेबाट प्रसंसापत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कियाचु अमेरिकालाई विगत लामो समयदेखि संस्कार संस्कृति विभागमा अन्तर्गत विभिन्न भुमिकामा तन मन बचन र कर्मले विशिष्ट सहयोग पुर्याउने शुसिला शेर्मा, नविना मादेन, सावी लिङ्देन, मौसम इङ्नाम, निर्मला कन्दङ्वा हुक्पाचोङ्बाङ, लगायतलाई संस्थाको वृत्ति विकासका लागि पुर्याएको योगदानको कदर स्वरुप प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि एवं कियाचु संस्कार संस्कृति विभाग प्रमुख कुवेर वनेममार्फत दोसल्लाका साथ सम्मान पत्र प्रदान गरि अभिनन्दन गरिएको थियो ।

सिसेक्पा तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका अध्यक्ष दिपक थेबेले बलिहाङ तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग पुर्याउने संस्थाका सम्पूर्ण पदाधिकारीहरु, प्रायोजकहरु, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु, क्यामेरा म्यानहरु, संचारकर्मी, खाना उपलब्ध गराईदिने स्पाईसी नेपाल प्रति आभार, कृज्ञता एवं धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

सिसेक्पा तङनामको दोश्रो खण्डमा याक्थुङ लिम्बु विभुतिहरुको चित्रको चित्रकलामा सहभागिएका बालबालिकाहरुलाई संस्थाको वरिष्ठ उपाध्यक्ष सरोज थाङ्देनबाट प्रमाणपत्र वितरण गरिएको थियो भने वालबालिकाहरुको सहभागितामा पुनः केलाङ र यालाङ प्रस्तुत गरी उपस्थित महानुभावहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

 

वि.सं.२०८१ साउन १६ बुधवार ०८:५० मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...