back
CTIZAN AD

अपाङ्ग व्यक्तिलाई राजनीति र सार्वजनिक निकायमा सहभागिता सुनिश्चित हुनुपर्ने माग

वि.सं.२०८१ साउन १७ बिहीवार

762 

shares

कैलाली । नेत्रहीन युवा सङ्घ नेपालले अपाङ्गता भएका व्यक्तिको राजनीतिका साथै सार्वजनिक निकायमा सहभागिता र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेको छ ।

सञ्चारमाध्यमार्फत सरोकार भएका पक्षको ध्यानाकर्षण गर्न धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अपाङ्गताको सवालमा सहभागिता र प्रतिनिधित्वको अधिकार सुनिश्चित हुनेगरी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।

‘अपाङ्गता भएका व्याक्तिको राजनीति र सार्वजनिक निकायमा सहभागिता र प्रतिनिधित्वको अधिकारसम्बन्धी सञ्चारमाध्यमसँगको छलफल’ कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् । नेत्रहीन युवा सङ्घका केन्द्रीय महासचिव अर्जुन रावलले राज्यले निर्माण गर्ने कुनै पनि नीति तथा कार्यक्रममा अपाङ्गताका विषय समावेश गराउन विभिन्न किसिमका दबबामूलक कार्यक्रम गर्दै आएको बताए ।

“अपाङ्गताका सवालमा विभिन्न स्थानीय तहमा पुगेर ज्ञापनपत्र बुझायौँ, प्रदेश सरकार र विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यसँग बसेर कार्यक्रम ग¥यौँ, राजनीतिक दलका पार्टी कार्यालय र संसदीय दलका पार्टी कार्यालयमा पुग्यौँ, सङ्घीय तहमा पनि सांसदको संलग्नतामा कार्यक्रम ग¥यौँ”, उनले भने, “यसरी विभिन्न समय र सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको विषय बजेट र नीति तथा कार्यक्रमम समावेश गराउनका लागि दबाबमूलक कार्यक्रम गरिराखेका छौँ । यसको उपलब्धता र सुनुवाइ सन्तोषजनक ढङ्गले भने भएको छैन ।”

सङ्घका केन्द्रीय महासचिव रावलका अनुसार बजेट छुट्याउने काम केही मात्रामा कार्यान्वयन भएको बताए । “कार्यक्रममा अपाङ्गताका शब्द उच्चारण गर्न र राख्न थालिएको छ । तर पयाप्त भने छैन”, उनले भने ।

नेत्रहीन युवा सङ्घ नेपाल कैलालीका अध्यक्ष हिमाल रोकायले राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न÷गराउन दबाब सिर्जना गरिने बताए े । अन्य समाजको व्यक्ति जस्तै अपाङ्गता भएका व्यक्तिलाई पनि सम्मानपूर्वक भावनाले हेरिनुपर्र्नेमा उनले जोड दिए ।

राजनीतिक दलमा अपाङ्गता भएका व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हुनुपर्ने, पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, कुनै पनि नीति निर्माण एवं निर्णय प्रक्रियामा सबै किसिमका आवाजले समोचित स्थान पाउनुपर्नेलगायत माग नेत्रहीन युवा सङ्घले गरेको छ ।

त्यस्तै स्थानीय तहमा अपाङ्गता भएका समुदायको प्रतिनिधित्व नहुने परिस्थिति रहेकाले निर्वाचनमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वका निम्ति आरक्षणको व्यवस्था गरिनुपर्ने, राजनितिक दलका संरचनागत तह र जनवर्गीय सङ्गठनमा अपाङ्ता भएका व्यक्तिको अर्थपूर्ण एवं प्रभावकारी प्रतिनिधित्व हुनुपर्ने, सार्वजनिक भवन र भौतिक संरचना अपाङ्तामैत्री हुनुपर्ने, दलीय आन्तरिक प्रतिस्पर्धा तथा विभिन्न आवधिक निर्वाचनका क्रममा अपाङ्गता भएका व्यक्तिको सहभागिता तथा प्रतिनिधित्वका निम्ति निश्चित सङ्ख्या छुट्याई उनीहरुलाई चुन्ने तथा चुनिने व्यवस्था गर्न÷गराउनलगायत विभिन्न माग सङ्घले राखेको छ ।

 

वि.सं.२०८१ साउन १७ बिहीवार १४:०० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...