back
CTIZAN AD

रोजगारमूलक कार्यक्रम गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर

वि.सं.२०८१ साउन १७ बिहीवार

687 

shares

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ र कोशी प्रदेश सरकारबीच विभित्र उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले आज हस्ताक्षर गरेका हुन् । उक्त समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सर्वसुलभ कर्जा प्रवाह गर्न बैङ्क तथा वित्तीय संस्थालाइ प्रोत्साहित गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले समझदारीले प्रदेशमा रोजगारीका नयाँ अवसर सिर्जना गर्न, सीप विकास गर्न, आर्थिकस्तर बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “अब प्रदेश नयाँ समझदारीका साथ अघि बढ्दा विकास र रोजगारीमा सहयोग पुग्नेछ ।”

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आज भएको समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताउँदै आगामी दिनमा प्रदेशमा नयाँ÷नयाँ काम गर्न सहज हुनेमा जोड दिए ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए ।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले कोशीमा करिब एक हजार रोजगारी सिर्जना गर्नेगरी यो समझदारी गरिएको जानकारी दिए । उनले यथाशीघ्र रोजगारीका लागि मन्त्रालय तहमा समझदारी गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रदेशमा १२ कक्षा उत्तीर्ण करिब एक हजार युवालाई तालिम दिई ‘अनलाइन’ रोजगारी यसै वर्ष दिने प्रदेश सरकारको तयारी रहेको सल्लाहकार डा सुवेदीले जानकारी दिए ।

वि.सं.२०८१ साउन १७ बिहीवार १४:२७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...