काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस-एमालेले कांग्रेस-एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेको बताएका छन् । उनले काठमाडौं आज सुरु भएको पार्टीका जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले कांग्रेस-एमालेले प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता धरापमा परेको आरोप लगाएका छन् । उनले भने, ‘सात सालको आन्दोलनमा पनि हाम्रो भूमिका थियो, २०४६ सालको पनि हामीले गरेका हौं र ०६२/६३ को पनि हामीले गरेका हौं भनेर डंगा पिट्ने र हामी विना आन्दोलन, परिवर्तन सम्भव थिएन भन्ने कांग्रेस-कम्युनिस्ट पार्टीहरुबाटै प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता धरापमा परेको छ ।’
अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेले बहुदलीय व्यवस्था समाप्त पारेर दुई दलीय व्यवस्था स्थापना गर्ने कुरा बोल्न थालेको भन्दै यो चिन्ताको विषय भएको बताए । उनले अधिनायकवादी सर्वसत्तावादी सोचको विरुद्धमा उभिने जिम्मेवारी राप्रपाको काँधधमा आएको बताए ।
वि.सं.२०८१ साउन १७ बिहीवार १५:०४ मा प्रकाशित






























