back
CTIZAN AD

अस्पतालमा डेङ्गुका बिरामीको चाप बढ्यो

वि.सं.२०८१ साउन १७ बिहीवार

945 

shares

पर्वत । पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका सरदर तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् । अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेङ्गुका लक्षण देखिएका बिरामीको सङ्ख्यासमेत अत्यधिक रहेको छ ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाका कारण पछिल्लो समय जटिल खालका डेङ्गुका बिरामी भेटिएका छन् । यसवर्ष पर्वत अस्पतालमा डेङ्गु पत्ता लागेका १० बिरामीमध्ये दुईजना गम्भीर छन् । डा बाँस्तोलाले भने “उनीहरुलाई भर्ना गरेरै उपचार गरिरहेका छौँ ”।

वर्षासँगै बढेको अत्याधिक गर्मीका कारण पनि डेङ्गुका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । त्यस्तै प्रतिकूल मौसमका कारण भाइरल ज्वरोका बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । जटिल खालका बिरामीलाई विशेष परीक्षण गर्ने गरिएको डा बाँस्तोलाले बताए ।

“सामान्य अवस्थाको तुलनामा करिब दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ । हामीले एकै दिनमा तीन सय भन्दाबढीको स्वास्थ्य परीक्षण गरेका छौंँ”, डा बाँस्तोलाले भने । गर्मीयाम, दूषित पानीको प्रयोग, लामखुट्टेबाट नजोगिँदा बिरामीको सङ्ख्या बढी मात्रामा देखिएको हो । उनले डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुनै सर्वोत्तम उपाय हुने बताए । यसका लागि नियमित झुलको प्रयोग गर्ने, घरवरपर सफा पानी जम्मा हुने ठाउँ सफा गर्नुपर्ने, झोलिलो र पोषिलोयुक्त खानपान गर्नाले दुवै रोगबाट बच्न सकिने डा बाँस्तोलाको सुझाव रहेको छ ।

अस्पतालमा रहेका ५६ शय्यामा भाइरलका बिरामी भरिभराउ छन् । अधिकांस उपचार गरेर फर्किने गरेका छन् । यस्तै स्वास्थ्य बीमा गरेपछि पनि स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको र उनीहरूले स्वास्थ्यमा सामान्य समस्या आउँदा साथ नै स्वास्थ्य परीक्षणको लागि अस्पतालमा पुग्ने गरेका छन् । पन्ध्र शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको क्षमतामा सञ्चालन गरिएको भए पनि जनशक्ति अभावमा भने समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीको गुनासो छ । उनका अनुसार १५ शय्याको अस्पताल भए पनि ४१ शय्या अस्पताल व्यवस्थापन समितिले व्यवस्थापन गरेर अहिले ५६ शय्यामा बिरामी भर्ना गरिएको छ । पर्वत अस्पतालसँगै पर्वतका निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्यचौकीमा पनि डेङ्गुका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

वि.सं.२०८१ साउन १७ बिहीवार १६:२६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...