back
CTIZAN AD

भोलिदेखि प्रदर्शन हुँदै ‘मोदिबेनी’

वि.सं.२०८१ साउन १७ बिहीवार

906 

shares

काठमाडौँ । नेपाली चलचित्र ‘मोदिबेनी’को चलचित्रकर्मीले प्रसंशा गरेका छन् । यही साउन १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको बुधबार कमलपोखरीस्थित एक चलचित्र भवनमा गरिएको पहिलो प्रदर्शनी (फस्ट प्रिमियर) मा सहभागी चलचित्रकर्मीले प्रसंशा गरेका हुन् ।

पर्वतको मोदीबेनी क्षेत्रको कथामा आधारित रहेर तयार पारिएको चलचित्र ‘मोदीबेनी’मा ग्रामीण सौन्दर्यसँगै सशक्त कथा पाएको अभिनेता रमेश उप्रेतीले बताए । “यसको प्राविधिक पक्ष राम्रो छ, सबै कलाकारले राम्रो काम गरेका छन् । यो चलचित्र अरुभन्दा फरक छ, यसको निर्देशकसहित निर्माण पक्षलाई धन्यवाद”, उनले भने ।

अभिनेता निर्मल शर्माले नेपालको ग्रामीण भेगलाई यसैगरी चलचित्रमा प्रस्तुत गरिनुपर्ने धारणा राखे । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले चलचित्रले दर्शकलाई कथावस्तुसँग सहजै जोड्ने बताए । “हाम्रो आफ्नो मौलिक कथालाई विषय बनाएर तयार गरिएको चलचित्रले ग्रामीण सौन्दर्यको प्रचार गरेको छ । मलाई कमेडीको विधा निकै मनपर्छ, मैले भरपुर मनोरञ्जन लिएँ”, उनले भने ।

यसै चलचित्रमार्फत नौ वर्षपछि अभिनयलाई निरन्तरता दिएकी अभिनेत्री रेजिना उप्रेतीले आफूलाई पर्दामा हेर्दा भावुक भएको बताईन् । उनले भनिन, “आफैँलाई पर्दामा हेर्दा अर्कै महसुश गरेँ । यती लामो समय किन म टाढिएँ भन्ने लायो । अब अभिनयलाई निरन्तरता दिन्छु ।”

निर्देशक शङ्कर कोइरालाले आफ्नो वृतचित्रको अनुभवलाई चलचित्रमा प्रयोग गरेको बताए । उनले पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा चलचित्र तयार गरिएकाले मनोरञ्जनसँगै उक्त क्षेत्रको जनजीवन र समाजलाई यसले दर्शाउने बताए ।

चलचित्रमा अभिनेता सरोज खनाल, अभिनेत्री वर्षा सिवाकोटी, रेजिना उप्रेती, नवअभिनेता अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र ‘मोदीबेनी’ लाई डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्नुभएको हो । यसमा आनन्द विक्रम क्षेत्रीले कथा लेखन, उत्सव दाहालले छायाङ्कन, भरत रेग्मीले सम्पादन तथा एसडी योगी र शान भुसालले सङ्गीत भर्नुभएको छ ।

वि.सं.२०८१ साउन १७ बिहीवार १६:०६ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...