back
CTIZAN AD

अज्ञात रोगले मौरी मर्न थालेपछि चिन्तामा किसान, विशेषज्ञ टोलीको माग

वि.सं.२०८१ साउन १७ बिहीवार

981 

shares

जुम्ला । यहाँका किसानले पालेका मौरी अज्ञात रोगले मर्न थालेपछि मौरीपालक किसान चिन्तित भएका छन् । पहिचान नभएको रोगले मौरी मर्न थालेपछि जुम्ली किसानले मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ बोलाउने भएका छन् ।

मौरी किसान र सरोकारवालाबीच आज भएको छलफलमा मौरी विशेषज्ञ बोलाएर मौरीमा देखिएको रोग पत्ता लगाउने र रोग निवारणको उपाय खोज्ने निर्णय भएको कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष धनजीत बुढाले जानकारी दिए ।

जिल्लाभर मौरीका घारको यकिन तथ्याङक सङ्कलन गर्ने र बर्सेनि उत्पादन हुने मह र जुम्ली महको बजारको पहिचान गर्ने विषयमा जिल्लाका सरोकारवालासँग गहन छलफल भएको छ ।

उपाध्यक्ष बुढाले भने, “जिल्लामा मौरीपालन किसानको सही तथ्याङ्क सङ्कलन गर्न आवश्यक छ । विशेषरी स्थानीय तहले मौरीपालक किसानका लागि नीति तथा कार्यक्रममै बजेटको व्यस्थापन गर्न जरुरी छ । मौरीलाई चाहिने विभिन्न स्रोतसाधनको अभावले अहिले मौरीलाई उत्पादन गर्न कठिन भएको छ । परम्परागत मौरीपालनको तरिकाले काम गर्न गाह्रो हुने भएकाले मौरी बस्नका लागि सफा घारमा हुनुपर्ने देखिन्छ । किसानलाई व्यावसायिक तालिमको आवश्यकसमेत छ ।”

जिल्ला मौरीलाई आवश्यक चरन क्षेत्रका लागि जडीबुटी मासिनु, जङ्गल आगलागी हुनु, विभिन्न अज्ञात रोगले मौरी गोला मासिनुले निकै चुनौती रहेको सहकारी संस्थाका उपाध्यक्ष बुढाले बताए ।

चरिचरन क्षेत्र घट्दै जानु, जङ्गलमा डढेलो फैलिनु, रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु र समयानुकूल घारमा सुधार नहुनुले समस्या देखिएको सहकारीका सचिव नारायण चौलागाईंको भनाइ छ । यहाँका आठवटै स्थानीय तहमा रहेका करिब आठ हजार मौरी घारबाट उत्पादित महको बिक्रीबाट वर्षमा रु २४ करोड बराबरको आम्दानी हुने गरेको कर्णाली मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईंले जानकारी दिए ।

हाल यहाँ उत्पादित मह प्रतिमानाको रु एक हजार पाँच सयदेखि दुई हजारसम्म बिक्री हुने गरेको सहकारी संस्थाका अध्यक्ष दीपबहादुर मल्लले जानकारी दिए ।

तर उचित चरण क्षेत्र अभावले समस्या बढ्दै गएको कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत लछिराम महतको भनाइ छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौरीपालन व्यवसायमा देखिएको समस्या समधान गर्न मौरी अनुसन्धान केन्द्र गोदावारीबाट विज्ञ ल्याउन पहल गरिने बताए ।

मौरीमा देखापरेको रोगलाई समयमै पहिचान गर्नेका लागि मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ टोली छिटोभन्दा छिटो झिकाउन यहाँका सरोकारवालाको ध्यान जान आवश्यक रहेको पातारासी गाउँपालिका–७ का मौरीपालक किसान टेकबहादुर बुढाले जानकारी दिए ।

file photo

 

वि.सं.२०८१ साउन १७ बिहीवार २१:१५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...