back
CTIZAN AD

कविता : नेपाल आमा

वि.सं.२०८१ साउन १९ शनिवार

1.3K 

shares

हृषीकेश बराल
पोखरा –२६, कास्की

नेपालीको,परिचय दिने, देशमा जन्म पाएँ
मेरी आमा, अवनितल यो, भन्न पाई रमाएँ ।
मैले टेक्ने, हर कदममा, स्नेहले साथ दिन्छ्यौ
मैले पीडा, यदि दिन पुगे, पुत्र सम्झी सहन्छ्यौ ।।१

होचा अग्ला, हिमशिखरले, रूप तिम्रो चिनाए
बेंसी गल्छी, समथर जिमी, मातृवत् पुज्न पाएँ ।
हावा माटो, जल रवि सबै, साथमा देख्छु आमा
तिम्रो मायाँ, अविरल हुँदा, बाँच्नमा हुन्न धामा ।।२

भोकालाई, रसद गुलियो, अन्न बाली दिलायौ
टारी बारी, जउ गहुँ उवा, धान कोदो फलायौ ।
अम्बा केरा, कटहर लिची, आँप फल्छन् तिमीमैं
खाई हुर्केँ, उपज जति हून्, स्वेद सिञ्चेँ तिमीमैं ।।३

मायाँ गर्छ्यौ, तनुज तनुजा,गर्दिनौ भेदभाव
सारा पाल्छ्यौ, अति जतनले, धन्य तिम्रो स्वभाव ।
दिन्छ्यौ सारा, तरु वन तिमी, ओखती बन्न सक्ने
झर्ना खोला, दह नद नदी, शक्ति ऊर्जा बदल्ने ।।४

जन्मे तिम्रा, सुत विगतमा, वीरगाथा रचाए
वैरीलाई, रण कुशलले, युद्ध जित्तै हराए ।
यस्तै योद्धा, अझ पनि तिमी,जन्म देऊ न आमा
छोराछोरी, असल मतिले, बन्न सक्छ्यौ त्रिधामा ।।५

जन्मेँ आमा, अपशकुनमा, पुत्र उद्योग बेच्ने
तिम्रै हड्डी, मुटु रगतमा, मस्तले रम्न खोज्ने ।
बिग्र्यो मेरो, मति किन मुमा, ज्ञान देऊ मलाई
मेरा सारा, मति विपतका, गाडिदेऊ जलाई ।।६

छन्द : मन्दाक्रान्ता
गण :म भ न त त गु गु
सङ्केत :SSS  Sll  lll  SSl  SSl  S  S

वि.सं.२०८१ साउन १९ शनिवार ०५:३९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...