back
CTIZAN AD

लघुकथा : मनको मयल

वि.सं.२०८१ साउन १९ शनिवार

912 

shares

सुरेशकुमार पाण्डे, दाङ घोराही

‘बाबु सुन त ! आज खिर खाने सुर हो तर भैंसीले दुध दिएन, के गरौँ ?’– देवीले आफ्नो छोरा सँग भनिन् ।

‘आमा यसमा के ठुलो कुरा भयो, खिर फेरि खाउँला ।’–अक्षले आमातिर हेरेर मुस्कुराउँदै भन्यो ।

‘मैले छोरी जुवाँईलाई पनि बोलाएकी छु ।’– देवीले निरास हुँदै भनिन् ।

‘हो र आमा ! बहिनी पनि आउँदैछन् । त्यसोभए म डेरीमा जान्छु र दूध लिएर आउँछु ।’– अक्षले बाइक निकाल्न थाल्यो ।

‘सुन त जानेवेला बाटैमा माइलो धामीको घर छ । उन्लाई एक्कैछिन भएपनि हाम्रा घर जाने अरे भन्नु है ।’– देवीले छोरालाई सम्झाउँदै भनिन् ।
‘ हस् आमा ! तर केकाम पर्यो र त्यस्तो माइलो धामीलाई किन बोलाउने?’–अक्षले सोध्यो ।

‘बाबु हाम्रो छिमेकीको भैंसी पनि एकपटक यस्तै भएको थियो धामी माहिलाले ठिक गरेका हुन त्यसैले ।’–देवीले भनिन् ।

‘आमा हजुर पनि जमाना कहाबाट कहाँ पुगिसक्यो तर हजुरको बिचार भने..!’– अक्षले आमातिर पर्लुक्क हेर्दै भन्यो ।

‘ तँ नकराइकन भनेको मान जा छिट्टै पठाएस् माइलालाई । मलाई त्यो कल जिव्रे माथि सङ्का छ । हिंजैको दिन उसले भैसीको फाँचो हेर्दै कति दूध दिन्छ ? फाँचो त ठुलै छ । भनेकी थिई, आज भैंसीले लात्ति नै हान्यो ।’–देवीले आफुलाई लागेको सङ्का जाहेर गरिन् ।

‘आमा जति सुकै सेम्पोले नुहाएपनि मनको मयल सफा हुँदैन भन्ने कुरा यही हो।’–अक्षले व्यङ्ग्य हान्यो ।

 

वि.सं.२०८१ साउन १९ शनिवार ०५:३३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...