सुरेशकुमार पाण्डे, दाङ घोराही
‘बाबु सुन त ! आज खिर खाने सुर हो तर भैंसीले दुध दिएन, के गरौँ ?’– देवीले आफ्नो छोरा सँग भनिन् ।
‘आमा यसमा के ठुलो कुरा भयो, खिर फेरि खाउँला ।’–अक्षले आमातिर हेरेर मुस्कुराउँदै भन्यो ।
‘मैले छोरी जुवाँईलाई पनि बोलाएकी छु ।’– देवीले निरास हुँदै भनिन् ।
‘हो र आमा ! बहिनी पनि आउँदैछन् । त्यसोभए म डेरीमा जान्छु र दूध लिएर आउँछु ।’– अक्षले बाइक निकाल्न थाल्यो ।
‘सुन त जानेवेला बाटैमा माइलो धामीको घर छ । उन्लाई एक्कैछिन भएपनि हाम्रा घर जाने अरे भन्नु है ।’– देवीले छोरालाई सम्झाउँदै भनिन् ।
‘ हस् आमा ! तर केकाम पर्यो र त्यस्तो माइलो धामीलाई किन बोलाउने?’–अक्षले सोध्यो ।
‘बाबु हाम्रो छिमेकीको भैंसी पनि एकपटक यस्तै भएको थियो धामी माहिलाले ठिक गरेका हुन त्यसैले ।’–देवीले भनिन् ।
‘आमा हजुर पनि जमाना कहाबाट कहाँ पुगिसक्यो तर हजुरको बिचार भने..!’– अक्षले आमातिर पर्लुक्क हेर्दै भन्यो ।
‘ तँ नकराइकन भनेको मान जा छिट्टै पठाएस् माइलालाई । मलाई त्यो कल जिव्रे माथि सङ्का छ । हिंजैको दिन उसले भैसीको फाँचो हेर्दै कति दूध दिन्छ ? फाँचो त ठुलै छ । भनेकी थिई, आज भैंसीले लात्ति नै हान्यो ।’–देवीले आफुलाई लागेको सङ्का जाहेर गरिन् ।
‘आमा जति सुकै सेम्पोले नुहाएपनि मनको मयल सफा हुँदैन भन्ने कुरा यही हो।’–अक्षले व्यङ्ग्य हान्यो ।
वि.सं.२०८१ साउन १९ शनिवार ०५:३३ मा प्रकाशित






























