back
CTIZAN AD

कविता : मित्र

वि.सं.२०८१ साउन १९ शनिवार

1.4K 

shares

कल्पना भट्टराई, टोखा काठमाडौं

मित्रको साथ होस् सर्वदा सुन्दर ।
मित्रले भर्दछन् देहमा जाँगर ।
दुःखमा हर्षमा साथ दिन्छन् सदा ।
चाहना कामना बुझ्दछन् सर्वथा ।१।

मित्र हुन्छन् कुनै बाबुझैँ मातृझै ँ।
मित्र हुन्छन् कुनै शत्रुझैँ पत्रुझैँ ।
साथ दिन्छन् कुनै हात दिन्छन् कुनै ।
हर्ष दिन्छन् कुनै दर्द दिन्छन् कुनै ।२।

मित्रमा भिन्नता देखिने गर्दछन् ।
मित्रले चित्तमा चेतना भर्दछन् ।
नेत्र बन्छन् कुनै मार्ग बन्छन् कुनै ।
कर्म बन्छन् कुनै धर्म बन्छन् कुनै ।३।

मित्रका भावना हुन् सदा कञ्चन ।
मित्रका साथमा खुल्दछन् बन्धन ।
मित्र हुन् कृष्णझैँ रामझैँ सज्जन ।
मित्र हुन् आत्मवत् हुन्न जो वर्णन ।४।

मित्र दिन्छन् सधैं सान्त्वना हारमा ।
मित्र हुन्छन् खुसी मित्रको जीतमा ।
मित्र सच्चा मिले सप्रियो जीवन ।
हुन्छ पक्कै बुझौँ चित्तको शोधन ।५।

छन्द : स्रग्विणी
गण : र र र र
सङ्केत : SlS SlS SlS SlS

 

वि.सं.२०८१ साउन १९ शनिवार ०५:२६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...