back
CTIZAN AD

गजल

वि.सं.२०८१ साउन १९ शनिवार

1.5K 

shares

रविराज खनाल, काठमाडौं

राखौँ म के भरोसा गीता छुवाउनेको
सौकत बढोत्तरी भो रिसवत खुवाउनेको

फैल्यो सधैं कुपोषण बस्ती गरीबकोमा
बेमौसमी छ भाषण रासन कुवाउनेको

पद मानमा हुनेको चर्को छ ठाँटबाँट
शोषण बढेछ झन झन पसिना चुवाउनेको

छानो छ जीर्ण घरको छेक्दैन शीत पानी
मन मान्छ हाइसन्चो रैती रुवाउनेको

कर्जा बटुल्छ सत्ता सावाँ र ब्याज तिर्न
फिर्दैन चेत लाग्यो ऋणमा नुवाउनेको ।

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ़ऊल फ़ाइलातुन मफ़ऊल फ़ाइलातुन
वजन : २२१ , २१२२/ २२१ – २१२२

वि.सं.२०८१ साउन १९ शनिवार ०५:४२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...