back
CTIZAN AD

लघुकथा : बयरको रुख

वि.सं.२०८१ साउन १९ शनिवार

2.2K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

आज पनि उसले एकचित्त भएर बयरको रूखलाई हेरिरह्यो । हेर्दा हेर्दै एकछिन पछि उसको आँखा रसाएर आयो । आँशु पुछ्दै, बयरको रूखलाई अङ्लोमा बेरेर केही बर्बरायो ।

झण्डै १०–१२ वर्षको त्यो बालकको केही दिनदेखिको ती क्रियाकलापहरू मेरा लागि अप्रत्यासित थिए । नजिकै गएर सोधेँ –

‘के भयो बाबु ? किन रोएको ?’

झँस्कदैं उसले हतपत आँशु पुछ्यो । ‘केही भएको छैन ‘ उसको बोलीमा रोदन छदैँ थियो ।

‘भन न भन के भयो?’

‘बाले जहिले पनि रक्सी खाएर मलाई कुट्नु हुन्छ ।’ टाउको निहुराएर उसले जवाफ दियो ।

‘अनि यो बयरको रुखसँग चाहिँ के कुरा गरेको ?’

‘बाले कुटेर दुःख दिएको कुरा सुनाको ।’

‘अनि तिम्रा कुरा त्यो बयरको रूखले सुन्छ र?’

‘किन नसुन्नु नि, यी त मेरी आमा हुन नि !’ अलि उज्यालो अनुहार बनाउँदै उसले जवाफ दियो ।

‘धत लाटा ! बयर पनि आमा हुन्छिन् र ?’

मेरो प्रश्नमा उसको बालत्व उत्तर आयो–

‘हो नि मेरी आमा मरेपछि यहीँ गाडेको थियो रे, अहिले बयर भएर जन्मेकी छिन् ।’

वि.सं.२०८१ साउन १९ शनिवार ०५:४५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...