back
CTIZAN AD

गौशालाबाट सेवा प्रवाह गर्दै मालपोत तथा नापी कार्यालय

वि.सं.२०८१ साउन २२ मंगलवार

858 

shares

महोत्तरी । यहाँको गौशालामा स्थापना भएको मालपोत तथा नापी कार्यालयले सेवा सञ्चालनको तयारी गरेको छ ।

केही वर्षपहिले कार्यालय स्थापना गरिए पनि जिल्ला सदरमुकाम जलेश्वरस्थित मालपोत तथा नापी कार्यालयबाट नक्सा, अभिलेखलगायत कागजात ल्याउन नसकिएपछि सेवा सञ्चालन हुन सकेको थिएन ।

सोमबार कार्यालयका लागि आवश्यक नक्सा, अभिलेख र कागजात ल्याइएको छ । उक्त कागजात ल्याइसकेपछि अब सेवा सञ्चालनको तयारी गरिएको कार्यालय प्रमुख जितेन्द्र झाले जानकारी दिए ।

सोमबार राती गौशालाका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको अगुवाइ तथा जलेश्वर र गौशाला मालपोत कार्यालयको समन्वयमा आवश्यक अभिलेख ल्याएपछि सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि जलेश्वरस्थित कार्यालयबाट कागजात ल्याउन जलेश्वरका लेखापढी व्यवसायीले विरोध गर्दै आएका थिए । कार्यालयले एक साताभित्रै सेवा सुरु गर्ने तयारी गरेको प्रमुख झाले बताए ।

“कार्यालय प्रयोजनका मोठ, स्रेस्ता, नक्सा, अभिलेख र सम्बद्ध कागजात आएका छन”, झाले भने, “यिनलाई व्यवस्थित गर्न एक साता लाग्छ होला, त्यसलगत्तै सेवा सुरु गर्नेछौँ ।”

नापी तथा मालपोत कार्यालयले सेवा सुरु गरेपछि गौशालाक्षेत्रमा आर्थिक गतिविधि बढ्ने गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजाप्रसाद साहले बताए । मालपोतले सेवा सञ्चालनको तयारी गरेसँगै जिल्लाको पश्चिमी क्षेत्रका सर्वसाधारणले सहज रुपमा सेवा पाउने आशा गरेका छन् । कार्यालयले हालको गौशाला र औरही नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने जनाइएको छ ।

 

वि.सं.२०८१ साउन २२ मंगलवार १२:२१ मा प्रकाशित

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...