back
CTIZAN AD

शीत भण्डार सञ्चालनमा आएपछि किसानलाई राहत

वि.सं.२०८१ साउन २२ मंगलवार

801 

shares

गलेश्वर (म्याग्दी) । फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले शीत भण्डार (कोल्डस्टोर) निर्माण भएपछि राहत महसुस गरेका छन् ।

बेनी नगरपालिका–४, सिङ्गा राजिकुलोमा तयार भएको शीत भण्डार (कोल्डस्टोर) सञ्चालनमा आएपछि किसानलाई सुविधा भएको हो । कोल्डस्टोरमा सुन्तलाको सफल परीक्षणपछि अहिले किसानले आलु भण्डारण गरेका छन् । गत वर्ष सुन्तला फल्ने याममा करिब एक हजार पाँच सय केजी सुन्तला भण्डारण गरेका किसानले परीक्षणबाट सन्तुष्ट भएका थिए ।
यसपटक आलुको सिजनमा सस्तो मूल्यमा बजारमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने गरी धमाधम भण्डारण गर्न थालेको बेनी नगरपालिका–४ का वडाअध्यक्ष अणबहादुर खड्काले बताए । “कोल्डस्टोर बनेपछि किसानमा खुसी छाएको छ, उहाँहरुले आफूले उत्पादन गरेका कृषि उपजलाई शीत भण्डारमा भण्डारण गरी उचित समयमा बजार पु¥याउन पाउनुभएको छ,” अध्यक्ष खड्काले भने ।
कोल्ड स्टोरमा राखेपछि निकाल्ने समयमा प्रतिकेजी रु १० शुल्क तिर्नुपर्छ । हाल कोल्डस्टोरमा सात हजार पाँच सय ५० केजी आलु भण्डारण गरिएको छ र थप तीन सय केजी आलु ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । कोल्डस्टोरमा विद्युत् आपूर्तिसहित अन्य संरचनाहरू आधुनिक भएकाले परीक्षण सफल भएसँगै यसपटक म्याग्दीमा आलु उत्पादन गर्ने कृषि सहकारी, किसानका साथै छिमेकी जिल्ला बागलुङबाट समेत भण्डारणका लागि माग गरिएको छ ।

कोल्डस्टोर रु एक करोड ६० लाखमा निर्माण गरिएको हो । त्यसमा अन्य आवश्यक संरचनाहरु थपिने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । “कृषकलाई कोल्डस्टोर बरदान साबित हुन्छ, कृषकलाई प्रतिफल हुने गरी नगदे बालीलाई प्राथमिकता दिएका छौँ,” प्रमुख केसीले भने । जिल्लामा सुन्तला र आलु अत्यधिक उत्पादन हुने भएकाले यामबाहेक बेमौसममा बिक्री वितरणका लागि सहज हुने स्थानीय बताउँछन् । कोल्ड स्टोरमा मौसमअनुसार आलु, तथा किवीका साथै अन्य नगदे बाली भण्डारण गर्न सकिन्छ ।

बेनी नगरपालिकाले कोल्ड स्टोरलाई वर्षैभरि प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाई राख्ने उपकरण र संरचनासहित बनाएको छ । किसानले व्यापारीलाई बारीबाटै सस्तो मूल्यमा तरकारी, फलफूल बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बेनी नगरपालिकाले जनाएको छ ।
रासस

वि.सं.२०८१ साउन २२ मंगलवार १५:१० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...