back
CTIZAN AD

पानीको निकास थुनिँदा कलुवापुर बजार जलमग्न

वि.सं.२०८१ साउन २३ बुधवार

1K 

shares

कञ्चनपुर । वर्षात्को पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार जलमग्न हुँदै आएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बजारको पानीको निकास स्थानीय बासिन्दाले थुनेर पक्की घर निर्माण गरेका छन् । दुई वर्षदेखि थोरै वर्षामा पनि बजार जलमग्न हुन थालेको छ । पानीको निकासका लागि राखिएको ह्युमपाइप थुनेर घर निर्माण गरिएपछि बजार क्षेत्र जलमग्न हँुदै आएको स्थानीय बासिन्दा गणेशबहादुर ऐरले बताए ।

“पानीको निकासका लागि सम्बन्धित निकायमा पटकपटक अनुरोध गर्दै आएका छौँ”,उनले भने, “अनुगमन गर्ने कार्यबाहेक पानी निकासको उपाय निकाल्नेबारे कुनै निकायले काम अगाडि नबढाउँदा समस्यामा परेका छौँ ।” सडक अतिक्रमण गरी बनाएका घरलगायत पक्की संरचना हटाएर पानीको निकास खोल्नका लागि एकले अर्कालाई दोष थोपर्ने कार्यले सास्ती भोग्दै आएको उनकोे भनाइ छ । वर्षौँ पहिलेदेखि वर्षाको पानी बग्दै आएको निकास थुन्नेलाई कारबाही गरिनुपर्ने स्थानीय बजारवासीको माग छ ।

केही सीमित व्यक्तिहरूको अवरोधका कारण यात्रु, विद्यार्थी, सर्वसाधारणले निकै सास्ती खेप्दै आएका स्थानीय समाजसेवी नवराज पन्तले बताए । “मानव सिर्जित समस्या भएकाले स्थानीय तहले यसको तत्काल निराकरण गर्नुपर्छ”, उनले भने, “दोषीमाथि कारबाही नहुँदा क्षणिक रूपमा समाधान गर्न खोजिन्छ, त्यसैले समस्या बल्झिँदै आएको छ ।”

पानीको निकास नहुँदा नै सार्वजनिक शौचालय प्रयोगविहीन बनेको छ । शौचालयको पानी बगेर डुबान भएको क्षेत्रमा पुग्दा पानीजन्य सङ्क्रामक रोग फैलिने सम्भावना पनि उत्तिकै रहेको छ । बजार क्षेत्रको सडक मात्र नभएर वर्षात्को पानी स्थानीय व्यवसायीका पसलभित्र पस्न थालेको छ । थोरै पानीमा पनि बजार क्षेत्र जलमग्न हुने गरेको छ । तत्काल पानीको निकास नखोलिए स्थानीय बासिन्दाले पालिकाविरुद्ध सङ्घर्षका कार्यक्रम अगाडि बढाउने बताएका छन् ।

“बजार क्षेत्र डुबानको समस्या समाधान गर्न सम्बन्धित व्यक्तिहरूलाई नगरपालिका कार्यालयमा बोलाएर पानीको निकास खोल्नका लागि भनेका छौँ”, नगर उपप्रमुख कल्पना पन्तले भने, “निकास नखोले अटेरी गरी सडक क्षेत्र अतिक्रमण गरी बनाएको संरचना हटाउने वा कानुनी प्रक्रियामा जाने भन्नेबारे आवश्यक छलफल भइरहेको छ, निकास निकाल्न प्रयासरत छौँ । ” आवतजावतलाई सहज बनाउन सडक गहिरो भएको क्षेत्रमा ग्राभेल राख्ने कार्य भइरहेको उनकोे भनाइ छ ।/फाइल फोटो

 

वि.सं.२०८१ साउन २३ बुधवार ११:२९ मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...