back
CTIZAN AD

बाढी हुलाकी सडकमा पसेपछि सवारी साधन आवागमनमा समस्या

वि.सं.२०८१ साउन २३ बुधवार

981 

shares

राँझा (बाँके) । बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी हुलाकी सडकमा पसेपछि सवारी साधन आवागमनमा समस्या भएको छ । वर्षाद्मा पानी पर्नासाथ पेडारी नालामा आउने बाढी नेपालगञ्ज–गुलरिया हुलाकी सडकबाटै बगेर वर्षेनी सर्वसाधारण नागरिकलाई पीडा दिने गरेको छ । खजुरा गाउँपालिकाको केन्द्र खजुरा बजारमै रहेको पेडारी नालामा रहेको पुलको निकास साँघुरो भएका कारण खोलामा आएको बाढी सडकबाट बगिरहेको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिए । “ठूलो बाढी आउनासाथ सडकबाटै बाढी बग्ने गरेका कारण लामो समयसम्म सवारी आवागमन ठप्प हुने गर्दछन”,उनले भने,“वर्षातको समयमा मात्र चर्चामा आउने खोलाको चाप र पानीको सतह वृद्धि हुनासाथ साना सवारी साधन र पैदल यात्रीलाई आवतजावतमा सास्ती भएको छ ।”

निर्वाचनको बेला चुनावी ‘एजेण्डा’ बन्ने गरेको पेडारी नालाको पुल अरु बेला चर्चामै नआउने गरेको उल्लेख गर्दै उनले भाने,“पेडारीनालामा अचानक आउने बाढीले खजुरा क्षेत्र लगायत नेपालगञ्ज–गुलरिया सडकमा आवत जावत गर्ने सयौं सर्वसाधारण पीडित हुने गरेका छन् ।” खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारी साधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् । सामान्य पानी सहजै बग्ने गरेपनि ठूलो बाढी आउँदा पुल साँघुरो भएका कारण खोला भरिएर वारीपारी सडकमाथिबाट बाढी बग्ने गरेको स्थानीय कृष्णबिक्रम केसीले बताए ।

वर्षेनी सडक वारपार गर्ने मोटरसाइकल बगाएर दुर्घटना हुने गरेका छन् । वर्षादको समयमा खोलामा बाढी आएपछि नेपालगञ्ज आवत जावतमा कठिनाई हुने गरेको उनकोे भनाई छ । नेपालगञ्ज–गुलरिया हुलाकी चारलेन सडकमा पर्ने अन्य खोला नाला र कल्भर्ट विस्तार भईसकेपनि पेडारी खोलामा एकतर्फी गाडी सञ्चालन हुने जीर्ण पुल विस्तार हुन सकेको छैन । पुल विस्तार नहुँदासम्म वर्षाद्मा डुवानको समस्या कायमै रहने भएकोले जनताले सास्ती व्यहोर्नु परेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले बताए । पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्नेगरेको छ । अग्लो पुल निर्माणका लागि प्रक्रिया अघि बढेको उनकोे भनाइ छ ।

वि.सं.२०८१ साउन २३ बुधवार १२:०८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...