काठमाडौँ । गम्भीर सुरक्षा खतरा देखिएको भन्दै ई-सेवा मोबाइल एपलाई गुगलको प्ले स्टोरले हटाएको छ । सर्वसाधारणको डाटा चोरी तथा अन्य विभिन्न सुरक्षा खतरा रहेको भन्दै ई-सेवा मोबाइल एपलाई गुगल प्ले स्टोरले हटाएको हो ।
गुगलबाट हटेको ई सेवाको एप प्रयोग गर्ने विषयमा अहिले प्रयोगकर्ता दुबिधामा परेका छन् ।
मङ्गलबारेदेखि गुगलको प्ले स्टोरमा ई सेवाको मोबाइल एप छैन । ई सेवाको मोबाइल एपबाट लाखौँ प्रयोगकर्ताले सेवा लिँदै आएका थिए ।
कतिपय आइटी सुरक्षा विज्ञहरूले खतरा प्रमाणित भइसकेको ई सेवाको एप मोबाइलमा राख्न नहुने सुझाव दिएका छन् । ई सेवाको सुरक्षाको सन्दर्भमा पटक पटक विषय उठेको थियो ।
एक आइटी विज्ञले ई सेवाको एप गुगले हटाइसकेपछि प्रयोगकर्ताहरूले एपमा भएको रकम अन्य बैङ्क तथा वालेटमा स्थानान्तरण गर्दा उपयुक्त हुने सुझाव दिएका छन् ।
वि.सं.२०८१ साउन २३ बुधवार १४:५१ मा प्रकाशित






























