back
CTIZAN AD

नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाइलटसहित पाँच जनाको मृत्यु

वि.सं.२०८१ साउन २३ बुधवार

1K 

shares

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको थियो ।

हेलिकप्टर दुर्घटनासँगै आगलागी भएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले जानकारी दिए । उनले प्रतिकुल मौसमकै कारण जहाज दुर्घटना भएको हुन सक्ने आकलन गरे । दुर्घटना लगत्तै नजिकै रहेको शिवपुरी ब्यारेकबाट नेपाली सेनाका साथै स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली उद्धारका लागि पुगेको थियो ।

एयर डाईनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुधवार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ ।

हेलिकप्टरमा  क्याप्टेनबाहेक ४ जना यात्रु (चिनियाँ नागरिक) रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्य चौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ ।’

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । उनीहरु सबैको मृत्यु भएको छ ।

वि.सं.२०८१ साउन २३ बुधवार १६:५८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...