back

नेपाली आकाश सुरक्षित छैनः सञ्चारमन्त्री

वि.सं.२०८१ साउन २४ बिहीवार

339 

shares
NTC AD

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए ।

उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे । यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको ९एन–एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवाष थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले बताए । यसरी पटकपटक हवाई दुर्घटना हुनु भनेको हाम्रो आकाश सुरक्षित छैन भन्ने सङ्केत गरेको उनको भनाइ छ ।

हेलिकप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समवेदना प्रकट गरे । “अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो”, उनले भने, “अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ ।” सरकारको नीति वा व्यवस्थापन वा प्रविधि वा आकाश केमा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उहाँले जानकारी दिए ।

वि.सं.२०८१ साउन २४ बिहीवार १७:२८ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक...

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका...