back
CTIZAN AD

टौदहमा नागको पूजा गर्न भक्तजनको घुइँचो

वि.सं.२०८१ साउन २५ शुक्रवार

1.1K 

shares

काठमाडौँ । काठमाडौँको दक्षिण भेगमा पर्ने टौदहमा नागको पूजा गर्न आज भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेला भर्न भक्तजनको घुँइचो लागेको हो ।

नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रसन्न भई मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुखशान्ति कायम हुने जनविश्वास छ ।

काठमाडौँदेखि करिब नौ किलोमिटर दक्षिणमा रहेको उक्त पोखरीमा कर्कोटक नागको बसोबास रहनुका साथै मानव कल्याणका लागि उक्त नाग क्रियाशील रहेको किंवदन्ती रहेको स्थानीय दिपक नेपालले जानकारी दिए ।

प्राचीनकालमा निर्माण भएको पोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यकाका साथै वरपर क्षेत्रबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । पोखरी नजिक स्नान गरी धार्मिक अनुष्ठान, पूजा तथा फूल, अक्षतालगायत बारीमा फलेका फलफूल र अन्य वस्तु चढाउने प्रचलन छ । जनैपूर्णिमाको दिनमा पनि यहाँ मेला लाग्ने गर्दछ । देशभरका नाग दहमा आज पूजा गर्न मेला लागेको छ ।

यसैबीच नागपञ्चमीका दिन हिन्दू धर्मावलम्बीले घरघरमा नागको चित्र तथा तस्बीर टाँसेर देवताका रूपमा पूजा गर्ने प्रचलन छ । बिहानै स्नान गरी पवित्र भई नागको चित्र वा मूर्तिलाई गाईको गोबरले टाँस्ने, नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँसेपछि आगलागी, चट्याङ, सर्प, बिच्छीलगायतको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

 

वि.सं.२०८१ साउन २५ शुक्रवार १५:५५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...