back
CTIZAN AD

मिर्गौला पीडित नेपालीलाई साढे तीन लाख सहयोग

वि.सं.२०८१ साउन २७ आइतवार

873 

shares

दमौली (तनहुँ) । ऋषिङ गाउँपालिका निवासी मिर्गौलापीडित पूर्णलाल नेपालीलाई रु तीन लाख ६६ हजार पाँच सय ७८ हस्तान्तरण गरिएको छ ।

ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैको अगुवाइमा सङ्कलन भएको उक्त रकम शनिबार नेपालीलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था नाजुक भएका नेपालीलाई सघाउन प्रवक्ता दरैले पूर्णलाल नेपाली बचाउ अभियान सञ्चालन गरेका थिए । त्यसक्रममा एक सय तीन जना व्यक्तिले सहयोग गरेका थिए ।

“निजको अवस्थाबारे जानकारी पाएपछि मैले रु सात हजार पाँच सय प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सञ्जालबाट सहयोगका अभियान सुरु गरेको थिएँ । यो त्यसैको परिणाम हो”, अभियान जारी रहने जानकारी दिँदै उनले भने । चिकित्सकहरूले नेपालीलाई दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् ।

यसैबीच, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पीडितका लागि गाउँपालिकातर्फ पनि सक्दो सहयोग गर्ने बताएका छन् ।

वि.सं.२०८१ साउन २७ आइतवार ०९:५२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...