back
CTIZAN AD

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी भदौ ७ गते बस्ने

वि.सं.२०८१ साउन २८ सोमवार

777 

shares

काठमाडौँ । यही साउन २३ गतेदेखि प्रारम्भ भएकोे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी छ ।

मङ्गलबारदेखि सङ्घीय संसद्का बैठक नियमित भएका र आगामी साता विभिन्न चाडपर्व भएकाले कांग्रेसले अर्काे बैठक आगामी भदौ ७ गते बिहान ११ बजेका लागि निर्धारण गरिएको पार्टी कार्यालयले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, डा गोपाल दहित, मधु आचार्य, उमेशजङ्ग रायमाझी, अर्जुनजङ्गबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रङ्गमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुँगटाले आआफ्नो धारणा राखेका थिए ।

त्यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।

बैठकले पूर्वपार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा उनीप्रति उच्च सम्मानका साथ श्रद्धासुमन अर्पण गर्ने निर्णय गरेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल नेता कोइरालाको जन्म विसं १९९६ साउन २८ गते भएको थियो ।

सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा संविधानसभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताका रूपमा उहाँले निर्वाह गरेको भूमिका अतुलनीय र अविस्मरणीय छ ।

वि.सं.२०८१ साउन २८ सोमवार २१:३१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...