back
CTIZAN AD

विषाक्त माछा खाएका तीन बालबालिकाको मृत्यु

वि.सं.२०८१ साउन २९ मंगलवार

987 

shares

जनकपुरधाम । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिका-७ झवानीटोलका नरेश रामका तीन जना छोराछोरीको मृत्यु भएको हो । उनका नौ वर्षीय छोरी लालिमा, सात वर्षीय पुष्पा र पाँच वर्षीय छोरा कृष्ण नन्दन रामको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार घर नजिकैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेका बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेको प्रहरीको भनाई छ ।

सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचार उपचार हुन नसकेपछि उनीहरूलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा मृत्यु भएका हो । माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशङ्का छ । घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

वि.सं.२०८१ साउन २९ मंगलवार ११:२४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...