back
CTIZAN AD

सरकारी विद्यालयमा कोरियन भाषा बढाइँदै

वि.सं.२०८१ साउन ३१ बिहीवार

957 

shares

काठमाडौँ । कालिकोटको महाबै गाउँपालिका-२, गैराखाडामा रहेको तिला माध्यमिक विद्यालयमा विद्यालयले कोरियन भाषा पढाउने भएको छ । कक्षा ११ र १२ का विद्यार्थीका लागि कोरियन भाषा पढाउन लागिएको विद्यालयले जनाएको छ । विद्यालयले व्यवस्थापनतर्फ ऐच्छिक विषयका रूपमा कोरियन भाषा पढाउने निर्णय गरेको हो ।

सामाजिक सञ्जालमा विद्यालयमा कोरियन भाषा पढाउन लागेको भन्दै विद्यालयको चर्को आलोचना  भएको छ । तर, विद्यार्थी र समयको माग अनुसार कोरियन भाषालाई समावेश गर्न लागिएको विद्यालयका एक कर्मचारीले बताए ।

‘पाठ्यक्रममै भएको विषय हामीले पढाउँदै छौँ, व्यवस्थापन तर्फ ऐच्छिक तेस्रो विषय हो । जुन एक सय पूर्णाङ्कको हुन्छ । ती कर्मचारीले भने, सामाजिक सञ्जालमा आलोचना भएपनि यो विषय पढ्नेहरूको सङ्ख्या ठुलो छ ।

विद्यालयले ४० जना विद्यार्थीलाई पढाउने लक्ष्य लिएको छ । ‘सुरुमा शिक्षकका लागि दर्खास्त आह्वान गरेका हौँ । केही दिनमा विद्यार्थी भर्ना सम्बन्धी सूचना जारी गर्दैछौँँ ।’ उनले भने, ‘कोरियन भाषा पढाउने शिक्षकको दर्खास्त आह्वानसँगै भर्ना हुने विद्यार्थीहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।’

तिला गाउँपालिकाका अध्यक्ष खेम सिंहले यहाँका स्थानीय विद्यालयमा कोरियन भाषा पढाइ हुँदा सहरमा गएर महँगो पैसा तिरेर पढ्नु पर्ने यहाँका नागरिकको बाध्यता अन्त्य हुने बताए । उनले यहाँ भाषा पढेर कोरिया जानेहरूलाई पढ्न र रोजगारका लागि राम्रो अवसर हुने बताए ।

वि.सं.२०८१ साउन ३१ बिहीवार १०:४८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...