काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई ११ बुँदे निर्देशन दिएको छ । मन्त्रालयले बुधवार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो ।
गृह मन्त्रालयले यातायात व्यवसायीलाई यात्रुहरूलाई टिकट काटेर मात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जिपिएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सिसिटिभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे निर्देशन दिएको हो ।
त्यस्तै लामो दुरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्ने, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बिमा अनिवार्य गर्ने र सवारी साधनको नियमित मर्मत सम्भार, जाँच गर्ने तथा पुराना सवारी साधन प्रयोगबाट हटाउन भनेको छ ।
वि.सं.२०८१ साउन ३१ बिहीवार १३:४५ मा प्रकाशित
































