back
CTIZAN AD

सुशासन, सामाजिक न्याय र समुन्नति मुख्य प्राथमिकता हो : हिक्मतकुमार कार्की

वि.सं.२०८१ साउन ३२ शुक्रवार

822 

shares

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताएका छन् ।
कोशी प्रदेश सरकारको नेतृत्व गर्नुभएको १०० दिन आज पूरा गर्नुभएका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा पत्रकारसँगको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धि, अर्थतन्त्रको सवलीकरण, सेवा प्रवाहको नतिजामुखी कार्यसम्पादन र जवाफदेहिता, सामाजिक सुरक्षा र रोजगारी प्रवद्र्धन, सुशासनको प्रत्याभूति तथा समग्र प्रदेशको हितलाई संस्थागत गर्ने हेतुले प्रदेश सरकारले आफ्ना कार्यक्रम अगाडि बढाएको चर्चा गर्दै अहिलेको सरकार स्थिरता दिने र आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने अवस्थामा पुगेको कुरामा जोड दिए ।

उनले प्रदेशलाई आमनागरिकहरुले देख्नु, छुन र अनुभूति गर्नसक्ने संरचनाका रुपमा विकास गर्ने पर्ने दायित्व यो सरकारको काँधमा छ भन्दै उनले भने, “प्रदेश सरकारले जनतामा आशाको दियो जगाउने प्रयत्न गरेको छ ।”

मुख्यमन्त्री कार्कीले भने, “गुणस्तरीय सेवा प्रवाह, जनआकाङ्क्षाको सम्बोधन, पूर्वाधार विकासमा तीव्रता, सामाजिक रुपान्तरणका लागि दीर्घकालीन नीतिनिर्माण र कार्यान्वयन, पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षण गर्दै समाजिक, आर्थिक र सांस्कृतिक समृद्धिका साथ प्रदेशको दिगो विकास गर्ने अभियानमा प्रदेश सरकार अग्रसर रहको छ ।”

उनले प्रदेश सरकारले थोरै समयमा सडक सुशासन कायम गर्न विभिन्न ठाउँमा ट्राफिक लाइट जडान, जोगबनीदेखि उत्तर चीनसँग जोडिने किमाथाङ्का सडकको नाका सञ्चालन, प्रदेशमा छ वटा पशु कार्यालय स्थापना, आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तयारी, सुनसरीको सर्दुखोला पुलको उद्घाटन काम सम्पन्न गरेको छ ।

जनताका शान्तिसुरक्षा कायम गर्न विभिन्न स्थानमा अस्थायी प्रहरीचौकी स्थापना गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले तेह्रथुम सदरमुकाम जोड्ने प्रदेश सरकारको रु ९० करोड लगानी शुक्रबारे–सिधुवा सडकको उद्घाटन पनि प्रदेशको महत्वपूर्ण उपलब्धि हो भने ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु गर्न प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका पाँच वटा पालिकामा रु तीन करोड ७५ लाख लगानीमा झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको एँेसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुने सम्झौता पनि भइसकेको जानकारी दिँदै प्रदेश सरकारको लगानीमा सुनसरी र धनकुटाको बीचमा रहको पर्यटकीयस्थल भेडेटारमा स्काई वाक निर्माण सम्पन्नगरी सञ्चालनमा आएको बताए ।

उनले मुख्यमन्त्री कार्यालयमा गुनसो सुनवाइ कक्ष निर्माण, सुशासनका निम्ति प्रशासकीय सुधार कार्यक्रम र दिगो विकासका निम्ति मन्त्रालयका सबै सचिवहरुलाई पटकपटक निर्देशन भइरहेको जानकारी दिँदै प्रदेश सरकारको सय दिनको अवधिमा ६० वटा महत्वपूर्ण काम गरेको र जसबाट प्रदेशवासी लाभान्वित भएको जानकारी दिए ।

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राईलगायत विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ अधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८१ साउन ३२ शुक्रवार १५:१८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...