back
CTIZAN AD

‘रेडिमेड’ले विस्थापित गर्याे हातले बुन्ने राखी

वि.सं.२०८१ भदौ २ आइतवार

765 

shares

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका-२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा-राखी) बेच्ने गर्थे । श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्थे । समय बितेसँगै अहिले उनको परिवारले हातले बुनेर राखी तयार पार्न छाडिसकेको छ ।

बजारमा आउने थरीथरीका रङ्गीचङ्गी राखीसँग हातले बुनेको राखीले प्रतिस्पर्धा गर्न नसकेसँगै बनाउन छोडेको उनी बताउँछन् । “पहिला हातले आफैँ राखी बनाएर बेच्ने गथ्र्याैं”, उनले भने, “हाम्रो पुस्तैनी पेसा पनि राखी बनाउने पनि थियो, त्यो बेला विशेष खालको फोममा विभिन्न बुट्टेदार रङसहितको धागोले राखी तयार पार्ने गर्थ्याैँ ।”

उनी बजारमा आउने कलात्मक र रङ्गीचङ्गी ‘रेडिमेड’ राखीसँग हातले बुनेर तयार पार्ने राखीले प्रतिस्पर्धा गर्न नसकेर बन्द गर्नुपरेको गुनासो गर्छन् । अहिले श्रीवास्तव आफैँ नेपाल–भारतको सीमावर्ती बजार रक्सौलबाट किनेर ल्याएका राखी वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा बिक्री वितरण गर्दै आइरहका छन् ।

यस वर्ष रक्षाबन्धन पर्व भोलि अर्थात् भदौ ३ गते परेको छ । यो वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाउने गरिन्छ । तराई–मधेसमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने नाडीमा कलात्मक ढङ्गले बनाएको राखी लगाइदिने चलन रहेको छ ।

“अहिले बजारका रङ्गीचङ्गी रक्षाबन्धनले हातले मेहनत गरेर बुनेका रक्षाबन्धनलाई विस्थापित ग¥यो, त्यसैले अहिले बजारमा नै पाइने रेडिमेड रक्षाबन्धन ल्याएर बिक्री गर्दै आइरहेका छौँ ।” उनको अनुभवमा पहिला जस्तो राखी किनमेलमा पनि सर्वसाधारणको रुचि कम हुँदै गइरहेको छ । “अहिले अधिकांश मधेसका युवा खाडी मुलुकमा कामको खोजीमा गएका छन्”, उनले भने, “दिदीबहिनीले पनि आफ्ना दाजुभाइ यहाँ नभएपछि के का लागि राखी किन्ने हो र ?”

श्रीवास्तव जस्तै वीरगञ्जको माईस्थानमा मौसमी रुपमा बर्सेनि राखीको व्यापार गर्दै आइरहनुभएका नन्दु साह पनि राखीको व्यापार घटेको बताउनुहुन्छ । “पहिला दिनकै रु १० हजारभन्दा धेरैको राखी बेचिन्थ्यो”, उनले विगत स्मरण गर्दै भने, “अहिले मुस्किलले रु दुई हजारको राखी बेच्न पनि मुस्किल भइसक्यो ।”

साहका अनुसार नेपाल–भारत सीमावर्ती बजार रक्सौलमा नै अधिकांश वीरगञ्जबासी खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री किनमेल गर्न जाँदा उतैबाट राखी पनि किनेर आउँदा यहाँको बजारमा राखीको व्यापार घटेको छ । “अहिले यहाँका जो पनि रक्सौल नै किनमेलका लागि जान्छन्, उतैबाट राखीको सामान किनेर ल्याउँदा पनि समस्या भइरहेको छ”, उनले भने, “अर्काेतर्फ वीरगञ्जको गल्लीगल्लीमा सबैले राखीको मात्रै व्यापार गर्दा पनि समस्या भएको हो ।”

यस वर्ष रु ५० हजार रकम खर्चेर विभिन्न थरीका राखी ल्याएर बिक्री वितरण गर्न लागेको उनले सुनाए । उनले भने, “अहिले सबै राखी बेच्न पनि समस्या हुने हो कि भन्ने डर लागिरहेको छ ।” उनका अनुसार वीरगञ्जको पुरानो बजार मिनाबजार, गहवामाई मन्दिर परिसर, बिर्तालगायत ठाउँमा धेरै राखीको व्यापार हुने गर्छ ।

“पहिला–पहिला राखीको व्यापार गर्ने व्यापारी पनि निकै कम हुन्थे, तर अहिले जसले पनि राखीको व्यापार गर्नसक्ने भएकाले पनि बिक्री वितरण घटेको जस्तो लाग्छ”, उनी भन्छन् । वीरगञ्ज महानगरपालिका–६ गहवामाईका राज सिंह पनि राखीको पर्याप्त व्यापार नभएकामा दुखी छन् ।

“पहिला जस्तो राखी किन्ने मान्छेको उत्साह खासै देखिएको छैन”, उनले भने, “आज दिनभर र भोलि अपराह्न २ बजेसम्मको अवधिमा राखी बिक्री हुने आशा गरेका छौँ ।” वीरगञ्ज आसपासको बजारमा अहिले रु पाँचदेखि रु दुई सय ५० मूल्य पर्ने राखी बजारमा उपलब्ध रहेका छन् ।

 

वि.सं.२०८१ भदौ २ आइतवार १३:११ मा प्रकाशित

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...