back
CTIZAN AD

तालतलैया र शक्तिपीठमा भक्तजनको घुइँचो

वि.सं.२०८१ भदौ ३ सोमवार

771 

shares

म्याग्दी (बेनी) । जनैपूर्णिमा पर्वका अवसरमा लेकाली क्षेत्रमा रहेका तालतलैया र शक्तिपीठमा पूजापाठ गर्ने भक्तजनको घुइँचो लागेको छ । आज जनैपूर्णिमा पर्वका अवसरमा जिल्लाको माथिल्लो लेकाली क्षेत्रका तालतलैया र शक्तिपीठहरुमा बिहानदेखि भक्तजनको चहलपहल बढेको हो ।

अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारको खयरभारानी, रघुगङ्गा गाउँपालिका–८को रिखार, वडा नं ७ को कालीबराह ताललगायत ठाउँमा सयौँ सङ्ख्यामा भक्तजनहरु पुगेका छन् । हिमाली क्षेत्रमा रहेका बराह, बाराही, भारानी ताल र मन्दिरहरुमा पूजाआजा गरेर वर मागेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

समुद्री सतहबाट चार हजार ६ सय ३० मिटर उचाइमा अवस्थित खयरभारानी थानमा जनैपूर्णिमाको दिन पूजा गर्न म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत उल्लेख्य मात्रामा भक्तजन पुगेका अन्नपूर्ण–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए । उनका अनुसार मौसम अनुकूल भएपछि विगतका वर्षको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयरलेक पुगेका छन् ।

“खयरलेक पुग्न कम्तीमा दुई दिनको पैदलयात्रा गर्नुपर्छ, कतिपय तीर्थयात्रीहरु चार दिन अगाडिबाटै खयरतर्फ लागेका थिए, खयरको महिमाको प्रचारप्रसारले हरेक वर्ष भक्तजनको सङ्ख्या बढ्दो छ, भक्तजनहरुलाई अस्थायी आवासको व्यवस्थापन मिलाउन समेत कठिन भएको छ”, वडाध्यक्ष तिलिजाले भने ।

पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको उनले बताए । साथै खयरखोलामा पनि अस्थायी रुपमा बसोबासको प्रबन्ध मिलाइएको छ ।

रघुगङ्गा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा पनि उल्लेख्य मात्रामा भक्तजन पुगेका छन् । रिखार जाने अन्तिम बस्ती पात्लेखर्कबाट एक दिनको पैदल यात्रामा पुग्न सकिने भए पनि भक्तजनहरु दुई दिनअघिबाटै त्यसतर्फ जान थालेका थिए ।

रिखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले आइतबार अधिकांश भक्तजन रिखार परिसरमा आएर बास बसेका बताउँदै आज बिहानदेखि लाइनमा बसेर पूजाआजा गर्न थालेका जानकारी दिनुभयो । विगतका वर्षको तुलनामा भक्तजनको आगमन बढेको उनको भनाइ छ ।

पानीको तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकहरुका लागि अनौठो र आकर्षणका रुपमा रहेको छ । यहाँ जाने तीर्थयात्रीहरु धर्मशाला र भेडिगोठमा आश्रय लिने गर्छन् ।

आज खयरभारानी, रिखारका साथै चिमखोलाको कालीबराह, नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारी बराहीलगायत थान र तलाउमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

 

वि.सं.२०८१ भदौ ३ सोमवार १३:३८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...