back
CTIZAN AD

तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता

वि.सं.२०८१ भदौ ३ सोमवार

741 

shares

दमौली (तनहुँ) । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब रु आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा रु सात करोड ९७ लाख ७६ हजार एक सय एक बक्यौता रहेको हो ।

सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट रु तीन करोड ९७ लाख ६६ हजार छ सय ६० बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए । उनका अनुसार गार्हस्थ्यतर्फ रु एक करोड ६७ लाख ८३ हजार नौ सय ५९, गैरव्यापारिकतर्फ रु ४० लाख ८४ हजार नौ सय, औद्योगिकतर्फ रु एक करोड २४ लाख ४४ हजार दुई सय ४२, सडक बत्तीतर्फ रु एक करोड १४ लाख ६७ हजार तीन सय १७, खानेपानीतर्फ रु ८९ हजार पाँच सय ९२, चार्जिङ स्टेसनतर्फ रु ४५ हजार दुई सय चार सय ९९, सिचाइँतर्फ रु ३६ हजार सात सय चार, मन्दिरतर्फ रु ४१ हजार पाँच सय ९२ बक्यौता बाँकी छ ।

आर्थिक वर्ष २०७९÷८० मा रु आठ करोड ५५ लाख ६० हजार चार सय बक्यौता बाँकी थियो । त्यसमध्ये रु ५७ लाख ८४ हजार दुई सय ९८ बक्यौता उठेको रेग्मीले बताउनुभयो । उनका अनुसार जिल्लामा विद्युत्का ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् ।

आर्थिक वर्ष २०७९/८० सम्म ५० हजार तीन सय ७२ ग्राहक रहेकामा गत आवमा एक हजार तीन सय ४५ ग्राहक थपिएका हुन् । केन्द्रका प्रमुख रेग्मीका अनुसार गार्हस्थ्यतर्फ एक हजार दुई सय २५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिचाइँतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक थपिएका छन् ।

हाल गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ पाँच सय ४६, व्यापारिकतर्फ तीन सय ४०, औद्योगिकतर्फ सात सय ७६, सिचाइँतर्फ तीन सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ एक सय ६९, मन्दिरतर्फ दुई सय तीन र अन्यतर्फ एक सय सात ग्राहक रहेका केन्द्रले जनाएको छ ।

केन्द्रले गत आवमा पाँच करोड ४० लाख ५९ हजार दुई सय १२ युनिट विद्युत् बिक्री गरेको छ । आव २०७९÷८० मा पाँच करोड दश लाख ३२ हजार चार सय ८९ युनिट विद्युत् बिक्री भएको थियो । ग्राहक सङ्ख्या बढेसँगै विद्युत् बिक्री बढेको रेग्मीको भनाइ छ ।

वि.सं.२०८१ भदौ ३ सोमवार १३:४९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...