back
CTIZAN AD

एनआरएनए नर्बेको साधारणसभा सम्पन्न

वि.सं.२०८१ भदौ ४ मंगलवार

2.4K 

shares

प्रेम परियार, नर्बे । नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेकोे वार्षिक साधारणसभा भव्य सफलताका साथ सम्पन्न भएको छ ।

१८ अगस्ट २०२४ आईतबारको दिन नर्वेको राजधानी ओस्लो स्थित परिषद्को कार्यालय Selma Ellefsens vei 2 को हलमा सम्पन्न सभाको उद्घघाटन प्रमुख अतिथि क्षेत्रीय उपसंयोजक राजु आर्यल तथा एनआरएन नर्वेका अध्यक्ष बिष्णु गौतमले पानसमा बत्ती बाली संयुक्त रूपमा उद्दघाटन गरेका थिए ।

उद्घाटन र बन्दसत्र गरी २ चरणमा विभाजन गरिएको उद्घघाटन (खुल्ला ) सत्रमा राष्ट्रिय धूनपछि संघका उपाध्यक्ष श्याम परियारले कमिटीको तर्फबाट स्वागत मन्तव्य सहित कार्यक्रम सफलताको शुभकमाना दिएका थिए ।

एनआरएन नर्बेमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधि, एनआरएन नर्बेका सल्लाहकार, संरक्षक, आईसीसी संघका निबर्तमान पदाधिकारी, ओस्लो बाहिर अनलाइनमार्फÞत सहभागी एनआरएनएका अभियन्ता तथा आईसीसी सदस्य पवित्र बस्नेतले वार्षिक साधारणसभा पूर्ण सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

महासचिवद्वारा संचालित कार्यक्रममा शुभकामना मन्तव्य पश्चात महासचिव ईश्वरी प्रसाद खनालले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पशुपति भण्डारीले गरेको आर्थिकसहित दुवै प्रतिवेदन हलबाट पारित भएको थियो ।



प्रस्तुत आर्थिक, वार्षिक प्रगति प्रतिवेदन आएको केहि बुंदाहरुमा परिमार्जन गर्ने गरी पारित भएको प्रतिवेदन संघको वेबसाइटमा समावेश गर्नु आवणश्यक रहेको सुझाव साथ प्रस्तुत प्रतिवेदनमा व्यापक छलफल गरी सर्वसम्मतले पारित गरेको हो ।

विधान कमिटीमा रहेका पाँच सदस्यीय बिधान कमिटीमा संयोजक कवीन्द्र ढकाल, बिनोद बस्याल, मनोज अधिकारी, अनुष खड़का र दिपेन बिष्टसहित ५ सदस्यीय विधान कमिटीबाट परिमार्जन गरि आएका उपयुक्त सुझाव समेट्दै बेलुका नौ बजेसम्म संचालित सो हलमा बिधानमा बुदागत रूपमा छलफल गरी सर्वसम्मतिद्वारा पास गरिएको थियो ।

बिधान अनुरूप आगामी हुने नवौं अधिवेशनको लागि निर्वाचन कमिटी चयनको जिम्मा बर्तमान कार्यसमितिलाई दिईएको छ ।
बन्दसत्रको छलफल पस्चात भव्य सफलताका साथ वार्षिक साधारण सभा सफल पार्न सहयोग गर्ने सबैप्रति अध्यक्ष गौतमले आभार ब्यक्त गर्दै औपचारिक रूपमा कार्यक्रम पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।

भौतिक तथा अनलाईनमार्फÞत गरि झण्डै १२५ जनाको उपस्थिति रहेको सो वार्षिक साधारण सभाको दोश्रो चरणको अध्यक्षता संरक्षक कुमार पण्डितले गरेका थिए ।

अन्त्यमा बिधान कमिटीका संयोजक कवीन्द्र ढकालले कमिटीलाई सहयोग गर्र्ने सम्पूर्णमा आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रमको अन्त्यमा महासचिव खनालले अध्यक्ष मण्डल, बिधान कमिटी, अनलाईनमार्फÞत सहभागी तथा भौतिक रूपमा उपस्थित सम्पूर्णको सहयोगले संघको साधारणसभा पूर्ण रूपमा सफल भएको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षासहित आभार व्यक्त गरेका थिए ।

वि.सं.२०८१ भदौ ४ मंगलवार ०८:२० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...