back
CTIZAN AD

ठूलीगाड जलाधार क्षेत्रमा भेटिए लोपोन्मुख प्रजातिका माछा

वि.सं.२०८१ भदौ ४ मंगलवार

1.1K 

shares

गोदावरी (कैलाली) । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका छन् ।

बर्सात्का बेला ठूलीगाड जलाधार क्षेत्रमा पानीको सतह बढेसँगै विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका हुन् । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड कर्णाली नदीमा गएर मिसिन्छ । कर्णाली नदीमा जलस्तर बढेपछि ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछासँगै अन्य प्रजातिका माछा पाइन थालेको स्थानीय भक्तप्रसाद भण्डारीले बताए ।

उनका अनुसार ठूलीगाड क्षेत्रमा अहिले जाल खेलाउँदा आधा घण्टाभित्रै चार पाँच किलो माछा मार्न सकिन्छ । जालमा अहिले एक घण्टामा दुई किलोदेखि २० किलोसम्मका माछा पर्ने गरेको उनको भनाइ छ । उनले भने, “हिउँदमा दिनभरि जाल खेलाउँदा पनि एक किलोग्रामसम्म पनि हुँदैन ।”

पछिल्लो पटक लामो समयदेखि खडेरीका कारण नदीमा पानीको सतह कम हुन थालेपछि ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति घट्दै जान थालेकामा वर्षात्को समयमा भने पानीको सतह बढेसँगै विभिन्न प्रजातिका माछा पाइने गरेको चुरे गाउँपालिका-३ का स्थानीय टेकबहादुर शाहले बताए ।

उक्त जलाधार क्षेत्रमा वर्षायाममा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये शेर, जेब्रा, बुचे असला, सोल, चुच्चे र राजावाम रैथाने प्रजातिका माछा पाइने गरेको शाहको भनाइ छ । उनले ठूलीगाड जलाधार क्षेत्रमा असारदेखि कात्तिकसम्म माछा पाइने गरेको बताए ।

नदीमा पानीको सतह घट्दै जान थालेपछि भने माछाका प्रजाति पनि घट्दै जाने गरेको स्थानीयको भनाइ छ । चुरे क्षेत्रमा जथाभावी रुपमा खनिएका सडकबाट ढुङ्गा, माटो, गेग्रान बगेर ठूलीगाड जलाधार क्षेत्रमा थुपारिएर नदीको गहिराइमा कमी हुँदा हिउँदमा माछाका प्रजाति घट्दै गएको चुरे-१ का स्थानीय हुकुमबहादुर बोहराले बताए ।

वर्षात्का बेला पानीको सतह बढेपछि मात्र सो क्षेत्रमा माछा पाइने गरेको उनले बताए । ठूलीगाड जलाधार क्षेत्र तथा अन्य सहायक खोलामा बम विष्फोटनका साथै विषादी र करेन्ट प्रयोगगरी माछा मार्ने गरेकाले रैथाने माछाका प्रजाति लोप हुन थालेको उनको भनाइ छ ।

जलीय जैविक विविधता संरक्षण गर्न पाँच वर्षअघि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले ठूलीगाड जलाधार क्षेत्रमा जथाभावी रूपमा माछा मार्न प्रतिबन्ध लगाएका थिए । कैलालीको चुरे र मोहन्याल तथा डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याएर हिउँदमा माछा मार्न प्रतिबन्ध लगाएको चुरेका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।

ठूलीगाड जलाधार क्षेत्रमा जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याउन सके जलीय जैविक विविधता संरक्षणसँगै माछाका प्रजाति जोगाउन सकिने उनको भनाइ छ । डोटी र कैलाली जिल्लालाई छुट्याउने उक्त जलाधारको जलनिकास घनत्व नौ सय ३५ मिटर क्युविक किमी र जलाधारको क्षेत्रफल आठ सय ५० क्युविक किमी रहेको बताइन्छ ।

वि.सं.२०८१ भदौ ४ मंगलवार १५:१६ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...