back
CTIZAN AD

ठूलीगाड जलाधार क्षेत्रमा भेटिए लोपोन्मुख प्रजातिका माछा

वि.सं.२०८१ भदौ ४ मंगलवार

1.1K 

shares

गोदावरी (कैलाली) । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका छन् ।

बर्सात्का बेला ठूलीगाड जलाधार क्षेत्रमा पानीको सतह बढेसँगै विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका हुन् । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड कर्णाली नदीमा गएर मिसिन्छ । कर्णाली नदीमा जलस्तर बढेपछि ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछासँगै अन्य प्रजातिका माछा पाइन थालेको स्थानीय भक्तप्रसाद भण्डारीले बताए ।

उनका अनुसार ठूलीगाड क्षेत्रमा अहिले जाल खेलाउँदा आधा घण्टाभित्रै चार पाँच किलो माछा मार्न सकिन्छ । जालमा अहिले एक घण्टामा दुई किलोदेखि २० किलोसम्मका माछा पर्ने गरेको उनको भनाइ छ । उनले भने, “हिउँदमा दिनभरि जाल खेलाउँदा पनि एक किलोग्रामसम्म पनि हुँदैन ।”

पछिल्लो पटक लामो समयदेखि खडेरीका कारण नदीमा पानीको सतह कम हुन थालेपछि ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति घट्दै जान थालेकामा वर्षात्को समयमा भने पानीको सतह बढेसँगै विभिन्न प्रजातिका माछा पाइने गरेको चुरे गाउँपालिका-३ का स्थानीय टेकबहादुर शाहले बताए ।

उक्त जलाधार क्षेत्रमा वर्षायाममा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये शेर, जेब्रा, बुचे असला, सोल, चुच्चे र राजावाम रैथाने प्रजातिका माछा पाइने गरेको शाहको भनाइ छ । उनले ठूलीगाड जलाधार क्षेत्रमा असारदेखि कात्तिकसम्म माछा पाइने गरेको बताए ।

नदीमा पानीको सतह घट्दै जान थालेपछि भने माछाका प्रजाति पनि घट्दै जाने गरेको स्थानीयको भनाइ छ । चुरे क्षेत्रमा जथाभावी रुपमा खनिएका सडकबाट ढुङ्गा, माटो, गेग्रान बगेर ठूलीगाड जलाधार क्षेत्रमा थुपारिएर नदीको गहिराइमा कमी हुँदा हिउँदमा माछाका प्रजाति घट्दै गएको चुरे-१ का स्थानीय हुकुमबहादुर बोहराले बताए ।

वर्षात्का बेला पानीको सतह बढेपछि मात्र सो क्षेत्रमा माछा पाइने गरेको उनले बताए । ठूलीगाड जलाधार क्षेत्र तथा अन्य सहायक खोलामा बम विष्फोटनका साथै विषादी र करेन्ट प्रयोगगरी माछा मार्ने गरेकाले रैथाने माछाका प्रजाति लोप हुन थालेको उनको भनाइ छ ।

जलीय जैविक विविधता संरक्षण गर्न पाँच वर्षअघि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले ठूलीगाड जलाधार क्षेत्रमा जथाभावी रूपमा माछा मार्न प्रतिबन्ध लगाएका थिए । कैलालीको चुरे र मोहन्याल तथा डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याएर हिउँदमा माछा मार्न प्रतिबन्ध लगाएको चुरेका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।

ठूलीगाड जलाधार क्षेत्रमा जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याउन सके जलीय जैविक विविधता संरक्षणसँगै माछाका प्रजाति जोगाउन सकिने उनको भनाइ छ । डोटी र कैलाली जिल्लालाई छुट्याउने उक्त जलाधारको जलनिकास घनत्व नौ सय ३५ मिटर क्युविक किमी र जलाधारको क्षेत्रफल आठ सय ५० क्युविक किमी रहेको बताइन्छ ।

वि.सं.२०८१ भदौ ४ मंगलवार १५:१६ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...