back
CTIZAN AD

सागसब्जीका बेर्ना बेचेर लाखौं आम्दानी गर्दै वनगाँउकी सरिता

वि.सं.२०८१ भदौ ५ बुधवार

1.1K 

shares

भजनी (कैलाली) । आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाएकी टीकापुर नगरपालिका-१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्छिन् ।

“जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त जमिन छैन । भाडामा जमिन लिएर काम गर्न लगानी छैन”, उनी भन्छिन्, “थोरै जमिनमा सागसब्जीबेर्ना उत्पादन गरेर बिक्री गर्दा घरको खर्च टरेको छ ।” उनले वर्षभरि प्रायः यामअनुसार सागसब्जीका बेर्ना उत्पादन गर्दै आएकी छन् । एक कठ्ठा जग्गामा बेर्ना उत्पादन गर्दै आएकी उनले बेर्ना बिक्री गरेर वार्षिक रु दुईदेखि तीन लाख आम्दानी हुने गरेको बताइन् ।

सागसब्जीका बेर्ना उत्पादन गर्ने किसानलाई कृषि हाटबजारले राम्रो साथ दिएको छ । थोरै जमिन भएकालाई पनि हाटबजारमा पाइने सागसब्जीका बेर्नाले सहज बनाएको छ । टीकापुरकै सुदेशु चौधरीले कृषि हाटबजार लक्ष्यित गरेर सागसब्जीका बेर्ना तयार पार्ने गरेको सुनाउँछन् । “हामीले बिक्री गर्ने बेर्ना व्यावसायिक कृषिखेती गर्ने किसानभन्दा घरको आँगन वरपर बचेको जमिनको सदुपयोग गर्नेले किन्ने हो”, उनी भन्छन्, “बेर्ना बेचेर आएको पैसाले घर खर्च, बेर्ना उत्पादनका लागि लाग्ने लागतसहित थोरै भए पनि बचत हुने गरेको छ ।” वार्षिक रु चारदेखि पाँच लाखसम्मको सागसब्जीका बेर्ना आफूले बिक्री गर्दै आएको सुदेशु बताउँछन् ।

वीणा चौधरी पनि एक दशकभन्दा लामो समयदेखि तरकारीको बेर्ना उत्पादन गर्दै आएकी छन् । अरुले व्यवसाय गरेको हेरेर सागसब्जीबेर्ना उत्पादन सुरु गरेकी चौधरीले छ महिनाको सागसब्जीका बेर्ना उत्पादन तालिम नै लिएकी छन् । तालिम लिएपछि व्यावसायिक रूपमा उहाँको परिवार नै त्यसैमा निर्भर छ । उनको फार्ममा कैलालीका विभिन्न पालिकाबाट बेर्ना किन्न आउने गरेको उनी बताउँछन् । सागसब्जी बेर्ना बिक्रीका लागि कृषि हाटबजार किसानका लागि बरदान बनेको उनी बताउँछन् । “उत्पादन भएको बेर्नाको बजारीकरणमा समस्या त छैन, तर पनि हाटबजारले बजारीकरणमा थप सहयोग पुर्याएको छ”, उनी भन्छिन् । बेर्ना बिक्रीबाट वार्षिक रु छ लाखसम्म कमाइ हुने गरेको बताइन् ।

सृजना चौधरीको आठजनाको परिवार तरकारीको बेर्ना उत्पादन गर्ने र बिक्री गर्नमै व्यस्त छ । हप्ताको दुई दिन सृजनाको परिवारको चारजना कृषि हाटबजारमा बेर्न बिक्री गर्न पुग्छिन् । कृषि हाटबजारमा पनि फरकफरक ठाउँमा बसेर उनीहरूले बेर्ना बिक्री गर्छन् । पाँच कठ्ठामा सागसब्जीबेर्ना उत्पादन गर्दै आएकी उनका परिवारको आर्थिक स्रोतको मुख्य आधार नै तरकारीको बेर्ना हो । बेर्ना बिक्री गरेर आएको पैसाले उनको घरको हरेक खर्च व्यवस्थापन हुन्छ । “जमिन भएको भए तरकारीखेती पनि गरिन्थ्यो । भएको जमिन बेर्ना उत्पादनका लागि कम भएको छ”, सिर्जना भन्छिन्, “कृषि हाटबजारले हामीले उत्पादन गरेको बेर्नाले माग धान्न सकेको छैन । आवश्यकतानुसार बेमौसमी सागसब्जीबेर्ना पुर्याउन सकिएको छैन ।”

रामलक्ष्मी चौधरी गृहिणी हुन् । श्रीमान् शिक्षण पेशामा हुँदा छिमेकीबाट तरकारीको बेर्ना उत्पादन गर्न सिकेकी रामलक्ष्मीले घरको खर्च टार्न श्रीमान्सँग पैसा माग्नुपरेको छैन । आफ्नो घर छेउमा रहेको एक कठ्ठा जग्गा भाडामा लिएर बेर्ना उत्पादन गर्दै आएकी रामलक्ष्मीले बेर्ना बिक्री गरेर वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको बताइन् । उनले उत्पादन गरेको बेर्नाको बजारीकरणको आधार त्यहीँ कृषि हाटबजार हो ।

टीकापुरमा केही महिलाले महिला कृषि सहकारी संस्था दर्ता गरेर तरकारीको बेर्ना उत्पादन सुरु गरेका छन् । किस्निनिया महिला कृषि सहकारी दर्ता गरेर तरकारीको बेर्नासहित महिलालाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको सहकारी संस्थाकी अध्यक्ष करिष्मा कठरिया बताउँछिन् । “हामी अहिले एक सय एकजना महिला सहकारीमा आवद्ध भएर काम गरिरहेका छौँ । खासगरी महिलालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले सहकारी स्थापना गरेका थियौँ”, उनले भने, “त्यसैअनुसार तरकारीको बेर्ना उत्पादन सुरु गरेका छौँ भने अन्य कृषिसँग सम्बन्धित व्यावसायिक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”

टीकापुरमा हप्ताको पाँच दिन कृषि हाटबजार सञ्चालन हुँदै आएको छ । हरेक मङ्गलबार र शुक्रबार सागसब्जीका बेर्नासहित उत्पादन भएको कृषिउपज बिक्रीका लागि कृषि हाटबजार पुग्ने गरेका छन् ।

वि.सं.२०८१ भदौ ५ बुधवार १३:१६ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...