back
CTIZAN AD

भारतको झारखण्डमा हराएको  प्रशिक्षार्थी विमानको खोजी सुरु

वि.सं.२०८१ भदौ ६ बिहीवार

1.5K 

shares
 नयाँदिल्ली । पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार दुई पाइलटसहित हराइरहेको एउटा प्रशिक्षार्थी विमान पत्ता लगाउन राष्ट्रिय प्रकोप प्रतिक्रिया बलसँग मद्दत मागेको बताएका छन् ।
भारतको जमशेदपुरको सोनारी विमानस्थलबाट उडेको विमान मङ्गलबार बेपत्ता भएको थियो ।
   अधिकारीहरुका अनुसार विमान अन्तिम पटक झारखण्डको राजधानी सहर राँचीबाट एक सय १६ किलोमिटर दक्षिणपूर्वमा सराइकेला खरसावन जिल्लाको निमदिह नजिकै गएको थियो ।
   स्थानीय सञ्चारमाध्यमले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमान केही दूरीमा पानीमा खसेको बताएको छ । प्रहरीले चण्डिल बाँधमा विमान दुर्घटना भएको हुनसक्ने आशङ्का गरेको छ ।
दुई सिटको उक्त विमान ससेना १५२ रहेको र फ्लाइङ स्कुल अफ अल्केमिस्ट एभिएसन कम्पनीको स्वामित्वमा रहेको बताइएको छ । विमानमा एक पाइलट र एक प्रशिक्षक थिए । विमानको ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएपछि तत्काल अलार्म बजेको थियो । सिन्ह्वा

वि.सं.२०८१ भदौ ६ बिहीवार ०७:४५ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...