back
CTIZAN AD

विश्वको ‘सबैभन्दा ठूलो’ सौर्य केन्द्रलाई अष्ट्रेलियाको  वातावरणीय स्वीकृति

वि.सं.२०८१ भदौ ६ बिहीवार

699 

shares
सिड्नी । अस्ट्रेलियाले ‘विश्वको सबैभन्दा ठूलो सौर्य क्षेत्र’ का रूपमा चिनिएको सौर्य तथा बेट्री फर्मको परियोजनालाई अनुमति दिएको छ । उक्त परियोजनाले सिङ्गापुरलाई ऊर्जा निर्यात गर्नेछ ।
अधिकारीहरूले अस्ट्रेलियाको दुर्गम उत्तरमा सनकेबलको २४ अर्ब अमेरिकी डलरको परियोजनाका लागि वातावरणीय स्वीकृति घोषणा गरेका छन् । यसबाट ३० लाख घरमा बिजुली पुग्नेछ ।
“यो विश्वको सबैभन्दा ठूलो सौर्य क्षेत्र हुनेछ र यसले अस्ट्रेलियालाई हरित ऊर्जामा विश्वको नेताका रूपमा स्थापित गर्नेछ”, वातावरणमन्त्री तान्या प्लिबर्सेकले भने । सन् २०३० मा ऊर्जा उत्पादन सुरु हुने अपेक्षा गरिएको यस परियोजनाबाट घरेलु प्रयोगका लागि चार गिगावाट ऊर्जा उपलब्ध हुनेछ ।
थप दुई गिगावाट सिङ्गापुरमा समुद्रमुनि केबल मार्फत पठाइनेछ । यसबाट शहर–राज्यको करिब १५ प्रतिशत आवश्यकता आपूर्ति हुनेछ ।
सनकेबल अस्ट्रेलियाका प्रबन्ध निर्देशक क्यामरून गार्नस्वर्थीले यो स्वीकृति ‘परियोजनाको यात्रामा ऐतिहासिक क्षण’ भएको बताए । अस्ट्रेलियाली नेशनल युनिभर्सिटीका ऊर्जा परिवर्तन संस्थानका निर्देशक केन बाल्डविनले सौर्य र वायुबाट यति ठूलो मात्रामा नवीकरणीय विद्युत् निर्यात गर्ने यो ‘विश्वको पहिलो’ परियोजना भएको बताए ।
जलवायु परिषद्का प्रमुख कार्यकारी अमान्डा म्याकेन्जीले नयाँ सौय केन्द्र अस्ट्रेलियालाई ‘स्वच्छ ऊर्जा पावरहाउस’ बनाउने दिशामा साहसिक कदम भएको र यस्ता परियोजनाहरू ‘सस्तो ऊर्जा प्रदान गर्न र जलवायु प्रदूषण घटाउन’ आवश्यक रहेको बताए । एएफपी

वि.सं.२०८१ भदौ ६ बिहीवार ०७:४२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...