back
CTIZAN AD

रुस–चीन साझेदारीले ‘परिणाम दिँदैछ’– रुसी राष्ट्रपति पुटिन

वि.सं.२०८१ भदौ ६ बिहीवार

849 

shares
मस्को ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग रुसको आर्थिक तथा व्यापारिक सम्बन्धले ‘परिणाम दिइरहेको’ बताएका छन् ।क्रेमलिनमा बुधबार चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई स्वागत गर्दै उनले सो कुरा बताएका हुन् ।
युक्रेन द्वन्द्व सुरु भएयता मस्कोले बेइजिङलाई आर्थिक जीवनरेखाका रूपमा हेरेको छ । रुसले पश्चिमी मुलुकहरूबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेको यस अवधिमा दुवै मुलुकबीचको व्यापार उच्च रेकर्डमा पुगेको छ ।
“हाम्रो व्यापारिक सम्बन्ध सफलतापूर्वक विकसित भइरहेकोछ, दुवैतिरका सरकारले व्यापार र आर्थिक सम्बन्धमा ध्यान दिइरहेकाले परिणाम प्राप्त भइरहेको छ”, पुटिनले लीसँगको बैठकमा भने,, “हाम्रा राज्यहरूले आर्थिक र मानवीय क्षेत्रमा ठूलो मात्रामा संयुक्त आयोजना, परियोजनाहरूमा काम गरिरहेका छन्, हामीले आगामी धेरै वर्षको अपेक्षा गरेका छौँ ।”
मे महिनामा पुटिनले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । उनले उक्त साझेदारीलाई अराजक विश्वमा ‘स्थिरता गर्ने’ शक्तिका रूपमा प्रस्तुत गरेका थिए ।
चीन र रुसले सम्बन्ध बनाएर विदेशमा आफ्नो विश्वव्यापी प्रभावको प्रयोग गर्न खोजिरहेकाले पश्चिमी मुलुकहरूले विगत दुई वर्षमा दुवै मुलुकलाई बढ्दो चिन्ताका रूपमा हेरेका छन् ।
सन् २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्नुभन्दा केही दिनअघि बेइजिङ र मस्कोले ‘कुनै सीमा नभएको’ साझेदारीको घोषणा गरेका थिए ।
यसैबीच चीनले सस्तो रुसी ऊर्जा आयात र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यास ढुवानीलगायत विशाल प्राकृतिक स्रोतहरूमा पहुँचबाट लाभ हासिल गरेको छ । एएफपी

वि.सं.२०८१ भदौ ६ बिहीवार ०७:३६ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...