back
CTIZAN AD

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई

वि.सं.२०८१ भदौ ६ बिहीवार

939 

shares

काठमाडौँ । यस वर्षको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई अर्पण गरिने भएको छ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमका स्मृतिमा करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख रहेको छ । पत्रकार गौतमको दोस्रो स्मृृति दिवस आगामी असोज २ गते सो पुरस्कार प्रदान गरिने सेन्टरका अध्यक्ष प्रदीपा गौतमले जानकारी दिए ।

‘दृष्टि’ साप्ताहिकका सम्पादक श्रेष्ठ विगत पाँच दशकदेखि निरन्तर लोकतान्त्रिक मूल्यमान्यतामा आस्था राखी पत्रकारिता क्षेत्रमा सक्रिय छन् । तत्कालीन पञ्चायती निरङ्कुश सत्ताबाट ‘नेपाल पोष्ट’ साप्ताहिकको प्रकाशनमा रोक लगाउँदा उनले आफ्नो नाममा दर्ता भएको ‘मायालु’ साप्ताहिक ‘नेपाल पोष्ट’ का सम्पादक । प्रकाशकलाई सहयोगस्वरूप प्रकाशन गर्न प्रदान गरेका थिए । गाईजात्रा अङ्कमा आपत्ति जनाई ‘मायालु’ को पनि प्रकाशनमा रोक लगाइएको इतिहास छ ।

संस्थाले कलाकार गेहेन्द्रमान अमात्य तथा पत्रकार एवं प्राध्यापक रघु घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गर्ने छ । उनीहरुलाई जनही रु पचास हजार दिइने छ ।

अमात्य सरकारी सेवा सूचना विभागमा सेवारत हुनाका साथै निजी तवरमा छापिने पत्रपत्रिकालाई तस्बिरका ‘जिंक ब्लक’ बनाएर उपलब्ध गराउँथे । यस्तै घिमिरेले सहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्त्वपूर्ण घटनाको समाचार पत्रपत्रिकालाई उपलब्ध गराएको जनाइएको छ ।

वि.सं.२०८१ भदौ ६ बिहीवार १४:०० मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...