back
CTIZAN AD

प्राधिकरण मातहतका दश सञ्चालक तोकिए, सबै कम्पनीको अध्यक्ष कुलमान घिसीङ

वि.सं.२०७४ जेठ ४ बिहीवार

714 

shares

kulman ghising

 काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न दश वटा कम्पनीको सञ्चालकतोकेको छ ।
जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापार गर्न स्थापना भएका ती कम्पनीमा सञ्चालक ताकिएको हो ।

प्राधिकरणले आठ वटा जलविद्युत् आयोजनाका लागि छुट्टा–छुट्टै सञ्चालक तोकेको छ भने प्राधिकरणकै मातहत रहने गरी स्थापना भएको जलविद्युत कम्पनी, नेपाल इन्जिनियरिङ परामर्श तथा नेपाल पावर ट्रेडिङ कम्पनीका सञ्चालक तोकिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

उहाँले प्राधिकरणमा नै कार्यरत उच्च तहका कर्मचारीलाई पहिलो चरणमा सञ्चालक तोकिएको र सञ्चालक समितिले पूर्णता पाएपछि प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

ती सबै कम्पनीका अध्यक्षमा भने कार्यकारी निर्देशक कुलमान घिसिङ अध्यक्ष तथा संयोजक, जलविद्युत लगानी तथा विकास कम्पनी र विद्युत उत्पादन कम्पनीबाट १ र १ जना प्रतिनिधि रहने व्यवस्था छ ।

प्राधिकरणका अनुसार तामाकोसी पाँचौंको सञ्चालक समिति सदस्यमा प्राधिकरणका निर्देशकद्वय मनोज सिलवाल र ज्ञानेन्द्रमान जोशी, दुधकोसीमा कामु उपकार्यकारी निर्देशकद्वय मोहनरत्न शाक्य र काशेन्द्र यादवलाई तोकिएको छ ।

पावर ट्रेडिङमा प्रवक्ता अधिकारी र जगदिश्वरमान श्रेष्ठ तथा इन्जिनियरिङ कम्पनीमा मोहनरत्न शाक्य र हितेन्द्रदेव शाक्यलाई तोकिएको छ ।

जलविद्युत उत्पादन र जलविद्युत लगानी कम्पनीबाट प्रतिनिधि आएपछि सञ्चालक समिति पूर्ण हुने छ । आयोजना निर्माण गर्न गठित कम्पनीमा ३÷३ जना तथा इन्जिनियरिङ र पावर ट्रेडिङमा ५÷५ जनाको सञ्चालक समिति हुनेछ । कम्पनी ढाँचामा माथिल्लो अरुण ३३५ मेगावाट, राहुघाट ४० मेगावाट, तामाकोसी पाँचौ ८७ मेगावाट, उत्तरगंगा ३०० मेगावाट, दूधकोसी ३०० मेगावाट, आँधीखोला १८० मेगावाट, तमोर ६६२ मेगावाट क्षमताका आयोजना अगाडि बढाउन लागिएको छ ।

ती आयोजनाको क्षमता करिब २ हजार मेगावाट रहेको छ । सञ्चालक समितिको बैठक बसेर प्रमुख कार्यकारी अधिकृत तोकिने प्राधिकरणले जनाएको छ ।

वि.सं.२०७४ जेठ ४ बिहीवार ११:४९ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...