back
CTIZAN AD

२२ दिनदेखि वेपत्ता भनिएकी ममता काफ्लेको शव लुकाएको अभियोगमा पति पक्राउ

वि.सं.२०८१ भदौ ७ शुक्रवार

1.9K 

shares

अमेरिका । अमेरिकामा २२ दिनदेखि वेपत्ता रहेको भनिएकी ममता काफ्लेको हत्या गरेर शव लुकाएको अभियोगमा उनका पति नरेश भट्ट पक्राउ परेका छन् ।

अमेरिकाको भर्जिनिया राज्यको मनासस सहरबाट गत अगस्त १ देखि हराएकी भनिएकी नेपाली मुलकी नर्स ममता काफ्ले भट्टको हत्या आरोपमा उनकै श्रीमान नरेश भट्टलाई अमेरिकी प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

भट्टमाथि श्रीमतीको हत्या गरेर शव लुकाएको आरोपमा पक्राउ गरिएको हो ।। साथै उनलाई शव लुकाएर प्रमाण मेटाउने प्रयास गरेको लगायतका अभियोग लगाइएको छ ।

मनासस पार्क प्रहरी विभागले गरेको पत्रकार सम्मेलनका क्रममा जारी बिज्ञप्तिमा प्रिन्स विलियम काउन्टी, मनासास शहर र मनासस पार्कका शहरका लागि निर्वाचित राष्ट्रमण्डल (कमनवेल्थ ) अधिवक्ता एमी आश्वर्थ सहित मनासस पार्क प्रहरी विभागका प्रमुख मारियो लुगोले नरेश भट्टलाई मृत शरीर लुकाउने विरुद्धको अपराधको आरोपमा पक्राउ गरेको गरेको उल्लेख गरिएको छ ।

उनलाई भर्जिनिया नियमावली, संशोधित १९५० को धारा १८.२ –३२३.०२ को आरोपमा दोषी प्रमाणित नभएसम्म भट्ट निर्दोष मानिने छन् ।

मनसास पार्क प्रहरी विभागका अनुसन्धानकर्ताहरुले २७ जुलाई, २०२४ मा अन्तिम पटक देखिएकी २८ वर्षीया ममता काफ्ले भट्ट बेपत्ताको बारेमा सक्रिय रूपमा अनुसन्धान गरिरहेको उक्त बिज्ञप्तिमा जनाईएको छ ।

अगस्त २१, २०२४ मा अनुसन्धानकर्ताहरुले ममताको निवासको लागि खोजी वारेन्ट कार्यान्वयन गरेको र प्रिन्स विलियम काउन्टी प्रहरी विभाग फोरेन्सिक इकाईलाई खोजीमा सहयोग गर्न अनुरोध गरेको उल्लेख गरेको छ ।

खोजीको क्रममा उनीहरुले थप प्रमाणहरू प्राप्त गरेको समेत बिज्ञप्तिमा भनिएको छ । राष्ट्रमण्डलको सरकारी वकिलको कार्यालयसँगको परामर्शपछि गुप्तचरहरूले नरेश भट्टलाई बेपत्ता गरेकोे आरोपमा पक्राउ गरेको हो ।

ममताकी छोरीलाई समाज सेवा विभागमा राखिएको बिज्ञप्तिमा बताईएको छ । बेपत्ता ममता काफ्ले भट्टको मनसास पार्क प्रहरी विभागले अझै अनुसन्धान गरिरहेको र उनको खोजी भइरहेको उक्त बिज्ञप्तिमा उल्लेख गरेको छ ।

वि.सं.२०८१ भदौ ७ शुक्रवार ०८:४४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...