back
CTIZAN AD

अध्यक्ष नेपाल भन्छन्-संस्कृतिको संरक्षणबाट सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्छ

वि.सं.२०८१ भदौ १० सोमवार

522 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

कृष्ण जन्माष्टमी तथा गौरापर्वका अवसरमा शुभकामना दिँदै उनले मौलिक चाडपर्व र संस्कृतिको संरक्षणबाट समाजलाई एकआपसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा सबै जातजातिका समुदायले परम्परागत रूपमा मनाउँदै आएका पर्व संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने उल्लेख गरे ।

सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रको गौरव बढाउने बताउँदै उनले सामाजिक असमानताको अन्त्य गरी पारस्पारिक सम्मान, सहअस्तित्व, सद्भाव र एकताको भावनाले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष नेपालले सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरापर्वले विविधतायुक्त नेपाली समाजलाई सामाजिक एवं सांस्कृतिक रूपमा एकता र सहिष्णुताको भावनालाई विकास गर्ने विचार व्यक्त गर्दै सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

 

वि.सं.२०८१ भदौ १० सोमवार १२:४० मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...