back
CTIZAN AD

मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित

वि.सं.२०८१ भदौ ११ मंगलवार

924 

shares

बझाङ । छविसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित भएका छन् । यहाँ खेती गर्न आकासेपानीको भरपर्ने अवस्था हटेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बझाङको सहयोगमा निर्माण गरिएको पोखरीले मजखोरीका किसानलाई राहत भएको स्थानीय किट्टी धामीले बताए । उनले हाल आकासेपानीको भर पर्दा जमिन नै बाँझो राख्नुपर्ने अवस्था हटेको बताए । विगतमा करेसाबारीका लागि पनि पानी नहुँदा समस्या हुने गरेको स्मरण गर्नुहुँदै धामीले अचेल किसानका खेत बाँझो नरहने अवस्था निर्माण भइरहेको बताए ।

यहाँ छिमेकी गाउँ बुड्खोरीबाट ल्याइएको पानी ९६ हजार लिटर पानी अटाउने पोखरी निर्माण गरेर व्यवस्थापन गरिएको स्थानीय सुनिल मण्डेलले बताए । “यहाँ कृषि पेसा गर्ने ७७ परिवारले अब आकासेपानीको भरपर्ने अवस्था छैन । हिउँदेयाममा सबैको खेत बाँझै रहने, सामान्य तरकारी पनि फलाउन नसक्ने अवस्था भएपछि योजना माग गरेका थियौँ । कार्यान्वयन भएकामा निकै खुसी भएको छौँ”, उनले भने ।

मजखोरी सिँचाइ निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवास मण्डेलले एक हजार पाँच सय मिटरको एक सय १० एमएमको मोटो पाइप, एक सय मिटर फलामे (जीआई) पाइप, १३ वटा इन्टेक निर्माण गरेर पानी वितरण गरेको जानकारी दिए ।

वि.सं.२०८१ भदौ ११ मंगलवार १३:३० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...