back
CTIZAN AD

पहिरोले करिडोरको ‘ट्रयाक’ नै बगाएपछि …

वि.सं.२०८१ भदौ ११ मंगलवार

981 

shares

गलकोट (बागलुङ) । तीन वर्षअघि देखि लगातार पहिरो खस्दा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट पटक-पटक टुट्दै आएको छ । बागलुङ नगरपालिका-१० गलुवास्थित दब्ल्याङको पहिरोले तीन स्थानको सडकको ‘ट्र्याक’ बगाएपछि हिउँदमा जसोतसो चल्ने सवारी साधन बर्खामा चल्न सक्दैनन् ।

विसं २०७८ देखि खस्न थालेको पहिरो प्रत्येक वर्ष बढ्दै गएपछि बर्खामा सडक सम्पर्क टुट्दै आएको छ । विकल्पका रुपमा कालीगण्डकी नदीमा पक्की पुल निर्माण गर्न सर्वेक्षण थालिएको छ । उक्त पुलले लोकमार्गलाई कालीगण्डकी करिडोरसँग जोड्ने छ । पहिरोले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ-बलेवा हुँदै कुश्मिसेरा जाने सडक बर्खामा बन्द हुँदा दक्षिणको बलेवा र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पुल बनाउन थालिएको हो ।

गलुवास्थित दब्ल्याङको पहिरो बर्सेनि बढ्दा यस वर्ष कालीगण्डकी करिडोरको समेत ट्र्याक नै बगाएको छ । सडक बगाएपछि त्यसको विकल्पका रुपमा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट नै व्यवस्था गरेको छ ।

गत वर्ष गण्डकी प्रदेश सरकारले गरेको पहिरोको अध्ययनमा कमजोर जमिनमा बनाइएको सडकमा पानीको भल तर्काउन नसक्दा पहिरो गइरहेको हुँदा रोकथामका लागि रु १८ करोड खर्च लाग्ने डिपिआर तयार भए पनि काम अगाडि बढ्न नसक्दा पुल निर्माण गर्न थालिएको प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बताए । पर्वतकोे सहस्रधाराबाट सोझै करिडोर जोड्न पक्की पुल निर्माण गर्नका लागि सर्वेक्षणको काम सुरु भएको सुवेदीको भनाइ छ ।

प्रदेश सरकारले पुल निर्माणका लागि रु २५ करोड लागत अनुमान गरी चालु वर्षका लागि रु पाँच करोड विनियोजन गरेको छ । पुल निर्माण यसै वर्षबाट थाल्ने बजेटमा उल्लेख गरेपछि पूर्वाधार विकास निर्देशनालय प्रदेशका निर्देशक डा महेन्द्र बानियाँ, प्रशासन प्रमुख भरत भुषाल, स्थानीय सडक तथा पुल कार्यक्रमका ‘टिम लिडर’ इन्जिनियर अस्मित पोख्रेल लगायतले पुल निर्माण गर्ने स्थानको अध्ययन गरिएको सुवेदीले जानकारी दिए ।

“पहिरो नियन्त्रमा गत वर्षको अध्ययनले रु १८ करोड खर्च लाग्ने भनिए पनि अहिलेको बर्सातमा थप सय मिटरभन्दा बढी पहिरो थपिएका कारण पहिरो नियन्त्रणमै रु ३० करोड लाग्ने, नयाँ ट्र्याकको विकल्प नदेखिएका कारण सोझै कालीगण्डकी नदीमाथि पक्की पुल हाल्नका लागि चालु आर्थिक वर्षमै काम सुरु गर्ने गरी अध्ययन थालिएको छ”, सुवेदीले भने, “दक्षिण बागलुङका जनताले सडक अवरुद्ध हुँदा उपचारसमेत नपाउने अवस्थामा प्रदेश सरकार गम्भीर बनेर कालीगण्डकीमा पक्की पुल हाल्न बजेट विनियोजन गरेको छ, अध्ययनको काम गर्न अझै एक महिना लाग्छ होला, त्यसपछि पुलको ‘डिजाइन’ गरेर ‘फाष्ट’ ट्र्याकमा पुल बनाउने गरी ठेक्कामा जानेछ ।”

गलुवास्थित दब्ल्याङमा पहिरो रोकथाम गर्न गत वर्ष गण्डकी प्रदेशअन्तर्गत रु ५० लाखले पानी तर्काउने काम भएको थियो । पहिरोबाटै सडक सञ्चालनमा ल्याउनका लागि भूगर्भविद्को समूहले नौ दिन लगाएर गरेको अध्ययन तथा पहिरोको एक्स–रेबाट दब्ल्याङ क्षेत्रमा १५ देखि ३० मिटरभित्र मात्रै कडा चट्टान देखिएको र बाहिरको कमजोर माटोमा संरचना बनाउन जोखिम रहने बताएपछि अन्तिम विकल्पका रुपमा पक्की पुल नै प्रदेश सरकारको प्राथमिकतामा परेको प्रदेशसभा सदस्य कृष्ण पाठकले बताए ।

पहिरोको विकल्पका रुपमा निर्माण गर्न लागिएको पक्की पुल पर्वतको मध्यपहाडी लोकमार्गको सहस्रधाराबाट सोझै कालीगण्डकी नदीमाथिबाट करिडोरमा पुग्नेगरी निर्माण गरिने पाठकको भनाइ छ । माटोको सामान्य अध्ययन नगरी सडक निर्माण गर्दा राज्यको ठूलो रकम नोक्सानी तथा जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पक्की पुल बनाउन थालिएको हो । पटक–पटक अवरुद्ध सडक खुलाउनमात्रै बागलुङ नगरपालिकाले लाखौं रकम खर्च गरिसकेको नगर उपप्रमुख राजु खड्काले बताए ।

वि.सं.२०८१ भदौ ११ मंगलवार १३:५२ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...